सुर्खेत । सडक सुरक्षा सम्बन्धी एकदिने कार्यशाला विरेन्द्रनगर नगरपालिका सुर्खेतमा सम्पन्न भएको छ । नेपाल अटोमोबाइल्स एसोसिएसन (NASA), सेफ एण्ड सस्टेनेबल ट्राभल नेपाल (SSTN) र नासा फाउण्डेसनको आयोजनामा कार्यशाला भएको हो ।
कार्यशालामा नासा नेपाल र सेफ एण्ड सस्टेनेबल ट्राभल नेपालले विरेन्द्रनगर नगरपालिका तथा सुर्खेत जिल्लाको अन्य खण्ड अन्तर्गत पर्ने ७५ किमि सडकको रोड सेफ्टी अडिट रिपोर्ट विरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकाललाई हस्तान्तरण गरिएको छ ।
नगर प्रमुख ढकालले रोड सेफ्टी अडिट प्रतिवेदनमा प्रस्तुत सुझावलाई कार्यान्वयन गर्ने प्रतिवद्घता व्यक्त गरिन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरिक्षक देवेन्द्र बुढाथोकीलाई राडर गन, ब्रेथलाइजर, ज्याकेट तथा अन्य सडक सुरक्षा सामाग्री प्रदान गरिएको छ ।
कार्यशालामा यातायात इन्जिनियर सञ्जय लुइँटेलले नगरपालिकालाई हस्तान्तरित रोड सेफ्टी अडिट प्रतिवेदन, इन्जिनियर कर्णसिंह खत्रीले सडक सुरक्षाका समस्या, चुनौती र समाधान, सेफ एण्ड सस्टेनेबल ट्राभल नेपालका अध्यक्ष इन्जिनियर हेमन्त तिवारीले रोड सेफ्टी अडिट, सेफ एण्ड सस्टेनेबल ट्राभल नेपालका कोषाध्यक्ष यातायात इन्जिनियर दिलमान सिंह बस्न्यातले सडक सुरक्षा सचेतना तथा नासा फाउण्डेसनका कार्यकारी सचिव सुवास भट्टराईले नेपालमा भएका सडक सुरक्षा सम्बन्धी गतिविधिको बारेमा सहजिकरण गरेका थिए ।
प्रदेश ट्राफिक कार्यालयका प्रहरी निरिक्षक भुपेन्द्र शाहीले सुर्खेतको सडक अवस्थाबारे जानकारी दिएको कार्यक्रममा कर्णाली अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष गणेश शाही, सडक डिभिजन सुर्खेत, मध्यपश्चिामाञ्चल विश्वविद्यायल, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रतिनिधि गरी ४० जनाको सहभागिता रहेको थियो ।
Comments are closed.