काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनीका सञ्चालक समितिका अध्यक्ष जगतबहादुर पोखरेलले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले पोखरेललाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।
प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल ललितपुरमा ट्रष्ट माइक्रो इन्स्योरेन्सका अध्यक्ष पोखरेललाई आज नेपाल बीमा प्राधिकरणका अध्यक्ष सिलवालले सपथ गराएका छन् ।
उनी माइक्रोफाइनान्स एशोसियसन अफ नेपाल र भिजन लुम्बिनी लिमिटेडका अध्यक्ष समेत हुन् । साथै, भिजन लुम्बिनी उर्जा कम्पनीमा कार्यकारी अध्यक्ष छन् ।






Comments are closed.