काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको तालिम तथा प्रशिक्षण समिति सदस्यमा इक्यानका सह– कोषाध्यक्ष विकल्पराज पोखरेललाई मनोनित गरिएको छ ।
संघका अध्यक्ष दिनेश श्रेष्ठले पोखरेललाई समिति सदस्यमा मनोनित गरेका हुन् । विभिन्न समितिलाई पूर्णता दिने क्रममा तालिम तथा प्रशिक्षण समितिमा अध्यक्ष श्रेष्ठले विभिन्न व्यक्तिलाई जिम्मेवारी प्रदान गरेका छन् ।
नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको तालिम तथा प्रशिक्षण समिति सदस्यमा आफूलाई मनोनित गरेकोमा पोखरेलले धन्यवाद दिएका छन् ।
आफूले पाएको जिम्मेवारीलाई कुुशलतापूर्वक निभाउने उनले प्रतिवद्धता जाहेर गरेका छन् । तालिम तथा प्रशिक्षण समितिको सभापतिमा सदिश श्रेष्ठ रहेका छन् ।
Comments are closed.