काठमाडौं । नेपाली कम्युनिष्ट आन्दोलनको दोस्रो पुस्ताका क्रान्तिकारी एवं समाज सेवामा निरन्तर संलग्न रहेका छविचन्द्र ढकालको सम्झनामा प्रकाशित स्मृतिग्रन्थ आईतवार सार्वजनिक गरिएको छ ।
छविचन्द्र ढकाल स्मृति ग्रन्थ प्रकाशन समूहले यहाँ एक कार्यक्रम आयोजना गरी स्मृतिग्रन्थ सार्वजनिक गरेको हो ।
तनहुँ चुँदी सिम्पानीमा विसं २००५ साल असोज १५ गते जन्मनुभएका ढकाल लामो समय शिक्षक तथा विसं २०३७/३८ को ऐतिहासिक शिक्षक आन्दोलनमा संलग्न रही जेल जीवन व्यतित गरेका थिए ।
उनी नेपाल राष्ट्रिय शिक्षक सङ्गठनमा जिल्ला अध्यक्ष एवं केन्द्रीय नेता भएर सामाजिक कार्यमा सक्रिय नेताका रुपमा चिनिन्छन् ।
ढकालको सम्झनामा प्रकाशित स्मृतिग्रन्थ नेकपा मालेका महासचिव सिपी मैनाली तथा नेकपा एमालेका नेता वाचस्पति देवकोटाले सार्वजनिक गरेका हुन् । रासस
Comments are closed.