निगमका काठमाडौँ–दिल्ली–काठमाडौँ मार्गको हवाई उडानमा क्यान्सर पीडितलाई छुट

काठमाडौं । नेपाल वायुसेवा निगमले क्यान्सर पीडित बिरामीलाई काठमाडौँ–दिल्ली–काठमाडौं मार्गमा निःशुल्क हवाई सेवा प्रदान गर्दै आएको जनाएको छ ।

 

सामाजिक उत्तरदायित्वअन्तर्गत निगमले उक्त मार्गमा हवाई भाडा दरमा क्यान्सरका बिरामीलाई शतप्रतिशत र कुरुवालाई ५० प्रतिशतसम्म छुट प्रदान गर्दै आइरहेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।

 

विश्व अर्बुदरोग दिवस (विश्व क्यान्सर दिवस) का सन्दर्भमा यो रोग लाग्नबाट बचौँ र बचाऔँ भनी ऐक्यबद्धता जनाउँदै निगमको सामाजिक उत्तरदायित्व अन्तर्गत सेवा दिइएको निगमले जनाएको छ ।

 

“सम्बद्ध परिवारलाई थोरै भएपनि राहत पुगोस् भनी नेपाल वायुसेवा निगमले डाक्टरको रिपोर्ट र नेपाल क्यान्सर राहत समाजको सिफारिसका आधारमा निगमको काठमाडौं–दिल्ली–काठमाडौं सेक्टरको हवाई भाडादरमा अर्बुद रोग भएका बिरामीलाई शतप्रतिशत र कुरुवालाई ५० प्रतिशतसम्म छुट प्रदान गर्दै आइरहेको जानकारी गराउँदछौँ”, निगमद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ । रासस

 

You might also like

Comments are closed.