काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा रेडमी नोट १३ सिरिज सार्वजनिक गरेको छ ।
सोमबार होटल अलफ्टमा आयोजित कार्यक्रमबीच टेक ब्लगर्स तथा पत्रकारहरुको उपस्थितिमा शाओमीले आफ्नो रेड्मी नोट १३ सिरिज अन्तर्गत रेड्मी नोट १३ प्रो प्लस फाइभ जि, रेड्मी नोट १३ प्रो, रेड्मी नोट १३ सार्वजनिक गरेको हो ।
तीनै मोडेलमा ग्राहकले शक्तिशाली प्रोसेसर र उच्च स्तरीय क्यामराको साथ स्मार्टफोनको नयाँ अनुभव पाउन सक्ने कम्पनीले जनाएको छ ।
रेडमी १३ सिरिजमार्फत नयाँ स्टाइल, पर्फर्मेन्स र इनोभेसन प्रदान गर्दै शाओमीले नेपाली बजारमा उच्च गुणस्तरीय प्रविधि प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको कम्पनीले जनाएको छ ।
लन्चको अवसरमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले ग्राहकलाई अत्याधुनिक प्रविधिको अनुभव प्रदान गर्ने उद्देश्यले डिजाइन गरिएका यी नयाँ स्मार्टफोनहरू सार्वजनिक गर्न पाउँदा गौरव महसुस भएको बताए ।






Comments are closed.