रामपुर (पाल्पा) । भजन गाउँदा र सुन्दा मानव मनलाई अती आनन्दीत तुल्याउँछ । गाउँघरमा हुने विभिन्न धार्मिक कार्यमा लोक भजन गाउँने र नाच्ने चलन परम्परा देखि नै चलिआएको संस्कृति हो ।
पछिल्लो समय नयाँ पुस्ताले भजन गाउन नसिक्दा लोपोन्मुख अवस्थामा छ । भजनको महत्वलाई जोगाई राख्न पाल्पाको रामपुर नगरपालिकामा खुुल्ला लोक भजन प्रतियोगिता हुने भएको छ ।
रामपुर भजनकृतन मण्डलीको आयोजना तथा रामपुर नगरपालिका ६ नम्वर वडा कार्यालयको आर्थिक सहयोगमा आउँदो फागुन २ गते वसन्तपञ्चमीको दिन प्रतियोगितात्मक कार्यक्रमको तयारी भइरहेको छ ।
रामपुर नगर तथा यस आसपास क्षेत्रमा समाजमा प्रचलनमा रहेका तर पुस्ता हस्तान्तरण हुन नसकेका मौलिक तथा सनातन रुपमा प्रचलित लोक भजन सँस्कृतिको उजागर एवम् संरक्षण गर्नका लागि प्रतिष्पर्धात्मक रुपमा भजन प्रतियोगिता गर्न लागिएको हो ।
प्राचीन समयदेखि नै गाउँ समाजमा चलिआएको मौलिक सँस्कृतिको रुपमा रहेको भजनलाई नयाँ पुस्तामाझ यसको महत्व बुुझाउन प्रतियोगितात्मक कार्यक्रम आयोजना गरिएको रामपुर भजनकृतनमण्डलीका अध्यक्ष टिकाराम ढकालले बताए ।अध्यक्ष ढकालले छरिएर रहेका भजन पारखीलाई संस्थागत रुपमा आबद्ध बनाएर भजनकृतनमण्डली नामक संस्थाको नेतृत्व गरिरहेका छन् । अध्यक्ष आफै धार्मिक क्षेत्रमा सक्रिय व्यक्ति भएकाले छरिएर रहेका भजनकृतनमण्डलीलाई संस्थागत रुपमा जोडेर विभिन्न धार्मिक तथा सामाजिक कार्य, मेला, महोत्सव लगायतका क्षेत्रमा भजन लगाउने गर्दछन् ।
“भजन गाउँदा र सुन्दा मानव मनलाई अती आनन्दीत तुल्याउँछ, गाउँघरमा हुने विभिन्न धार्मिक कार्यमा लोक भजन गाउँने र नाच्ने चलन परम्परा देखि नै चलिआएको संस्कृति हो, यसलाई समुदायबाट लोप हुन नदिन प्रतियोगितात्मक कार्यक्रम आयोजना गरिएको छ” अध्यक्ष ढकालले भने ।
गाउँघरमा परम्परादेखि नै चलिआएका कला सँस्कृतिको जगेर्ना र संरक्षणमा ऐक्यबद्धता जनाउँदै लोक भजन सँस्कृति संरक्षणका लागि वडाबाट यस आर्थिक वर्षमा रु एक लाख ५० हजार रकम विनियोजन गरेको रामपुर ६ का वडाध्यक्ष दिवाकर देवकोटाले जानकारी दिए । भजन प्रतियोगितामा एक समुहमा सात जना हुनुपर्ने, प्रस्तुतीको समय १५ मिनेटको रहने, टिम दर्ता निःशुल्क रहेको छ । प्रतियोगितामा सात जनाकै समूूह भित्रबाटै गायन, बाद्यवादन र नृत्यकला व्यवस्था गर्नुपर्ने, भजन प्रचलित नेपाली भाषामा हुनुपर्ने, वाद्यवादनका साधन नेपाली प्रचलित लोक बाजामा आधारित हुनुपर्ने आयोजकले मापदण्ड तोकेको छ । प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुने समूहकलाई क्रमश : नगद रु १५ हजार, १० हजार, पाँच हजार र दुई हजार पाँच सय साथमा प्रमाण पत्र पुरस्कार रहेको छ ।
हिन्दुधर्म अन्तर्गत विशेष त ब्राह्मण समुदायमा भजनकृतन बढी प्रचलित रहेको छ । गाउँघरमा हुने पुजाआजा, विभिन्न देवी देवताका मठ मन्दिर, धार्मिक तीर्थस्थल लगायतका विभिन्न ठाउँ–ठाउँमा भगवान्कै नाम जप्दै भजनकृतन गाउँने र नाच्ने गरिन्छ । गाउँघरमा हुने पुजाआजामा अनिवार्यजसो भजन गाउने चलन परम्परादेखि चलिआएको छ । यसले सबै उमेर समुहका मानिसलाई छुने गर्दछ । यस्ता परम्परागत मौलिक सँस्कृतीले समुदायको पहिचान बोकेको हुन्छ । छरिएर रहेका भजनलाई एकिकृत गर्दै संस्थागत रुपमा रामपुर भजनकृतन मण्डलीले भजन संरक्षणका लागि ल्याएको अभियानले लोक संँस्कृतिको जगेर्ना मात्र नभई नयाँ पुस्ताले पनि आफ्नो सँस्कृतिको अनुशरण गर्न पाउने सल्लाहकार लेखनाथ शर्मा मरासिनी बताउँछन् ।
कालीगण्डकीवेशीका लोकभजनको साथमा स्थानीय बाजा, सँस्कृतीलाई उजागर, संरक्षण र पहिचान गराउँदै नयाँ पुस्तामा लोक भजन, संस्कृतीलाई अवलम्वन गराउनका लागि संस्थागत रुपमा यसको संरक्षणमा रामपुरवासी जुुुुुुुुुुुटेका छन् । देवी देवताका विभिन्न मठ मन्दिर, देवालयहरुमा दैनिक भजनकृतन गाउँने चलन छ । यस्तै गाउँघरमा हुने पुजाआजा, विभिन्न धार्मिक तीर्थस्थल लगायतका ठाउँ ठाउँमा अखण्ड रुपमा दैनिक भगवान्कै नाम जप्दै भजनकृतन गाउँने र नाच्ने गरिन्छ ।
यसरी भगवान्को नाम जप्दै भजनको तालमा नाच्ने र गाउँने गरेमा मनोकाङ्क्षा पुरा हुने धार्मिक विश्वास छ । मानिसलाई सद्गुणी र विवेकशील बनाउदै आध्यात्मिकतर्फ डो¥याइरहेको हुन्छ भने अर्कोतर्फ समाजमा हुने विकृती र विसंगतीलाई नियन्त्रण गर्दै जानेछ । धार्मिक क्षेत्रमा मानिस तल्लिन हुन थालेपछि अवगुणी व्यक्ति पनि गुणवान् बन्न पुग्ने गरेको बुढापाका बताउँछन् । मानिस जीवनमा सुखी हुनका लागि विभिन्न बृद्धाश्रम, मठ मन्दिर, देवालयमा गएर भजन गाउँदै मनलाई प्रफुल्लित पारिरहेका हुन्छन् । केहीले त जीवनलाई जाने बुझे देखि नै यसै क्षेत्रमा समर्पण गरिरहेका छन् ।
भगवान्को तपस्या गर्दै भजनकृतनमा रमाउँदै जीवन व्यतित गर्न पाइने भएपछि पारिवारिक सांसारिक बन्धन देखि ढाटा रहेको पनि पाइन्छ । यस्ता परम्परागत मौलिक सँस्कृतीले समुदायको पहिचान बोकेको हुन्छ । हिन्दु धर्मको धार्मिक आस्थाको रुपमा रहेको लोक भजनकृतनले मानिसका पिडा, वेदना, दुःख भुलाउँदै जानेछ । हिन्दु धर्मको धार्मिक आस्थाको रुपमा रहेको लोक भजनकृतन संरक्षणमा रामपुर भजनकृतन मण्डलीले गरेको कार्य सबैको लागि प्रशंसनिय बनेको छ । रासस
Comments are closed.