काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत लुम्बिनी आँखा अस्पताल रुपन्देहीलाई आर्थिक सहयोग गरेको छ ।
अस्पताललाई “माईक्रो कन्ट्रोलर बेस अटो केल्भ होरिजेन्टल मेडिकल उपकरण” खरिद गर्न रु १७ लाख ३६ हजार बराबरको रकम हस्तान्तरण गरिएको छ ।
बैंकका सञ्चालक समितिका अध्यक्ष चिन्तामणी भट्टराईले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सागरप्रताप राणालाई चेक हस्तान्तरण गरेका छन् । अध्यक्ष भट्टराईले अस्पतालमा उपचार सुबिधाका लागि आउने आँखाका बिरामीलाई प्रत्यक्ष फाइदा पुुग्ने भएको हुदा उपकरण खरिद गर्न आर्थिक सहयोग गरेको बताए ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राणाले बैंकले गरेको सहयोगका लागि धन्यवाद दिंदै आगामी दिनमा पनि आपसी सहकार्यका लागि अपेक्षा गरेका छन् । चेक हस्तान्तरण कार्यक्रममा बैंकका कार्यकारी अधिकृत नरेश सिंह बोहरा, मुख्य प्रबन्धक दिपक खनाल, शाखा प्रमुख लगायतको सहभागीता रहेको थियो ।
देशका सातवटै प्रदेशमा शाखा सञ्चालन गरी कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंकको विभिन्न स्थानमा गरी ८९ वटा शाखा कार्यालय तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) रहेकोे छ ।
बैंकले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । ग्राहकलाई अधिकतम प्रतिफल दिने उद्देश्यले वचत निक्षेप खाताहरुमा उच्चतम ब्याज प्रदान गर्ने बिशेष योजना कार्यान्वयनमा ल्याएको बैंकले जनाएको छ ।
Comments are closed.