फूडमाण्डुको भ्यालेन्टाइन डे कन्टेस्ट

काठमाडौं । नेपालको पहिलो तथा लोकप्रिय फूड डेलिभरी कम्पनी फूडमान्डुले भ्यालेन्टाइन डेलाई लक्षित गर्दै ‘भ्यालेन्टाइन डे कन्टेस्ट’ ल्याएको छ ।

यस कन्टेस्ट अन्तर्गत फूडमान्डमार्फत फूड अर्डर गर्ने ग्राहकमध्येबाट हरेक दिन ५ जना भाग्यशाली विजेतालाई लक्की ड्र मार्फत छनोट गरिनेछ । भाग्यशाली विजेतालाई मिनिसो, केटिएम सिटी, अभाता र फूडमान्डु मर्कन्डाइजको तर्फबाट आकर्षक गिफ्ट ह्याम्परहरु प्रदान गरिने जनाइएको छ ।

विजेताहरु दैनिक रूपमा सोसल मिडिया प्लेटफर्महरूमा घोषणा गरिनेछ र फूडमान्डूको अफिसबाट गिफ्ट ह्याम्परहरु सङ्कलन गर्न सकिनेछ । यसका साथै ग्राहकले ४० वटा विभिन्न रेस्टुरेन्टबाट बाइ वान गेट वान फ्रि तथा आकर्षक कम्बो अफरहरु समेत प्राप्त गर्न सक्नेछन् । फूडमान्डुले विभिन्न बैंक र वालेटहरुसँगको सहकार्यमा ग्राहकलाई विभिन्न क्यासब्याक अफरहरु समेत प्रदान गर्नेछ ।

ग्राहकलाई लक्षित गर्दै हामीले भ्यालेन्टाइन डेको अवसर पारेर आकर्षक अफरहरु ल्याएको छ, ग्राहकले यो अफरलाई मन पराइदिनुहुनेछ र फूडमान्डुलाई अझै बढी माया र साथ प्रदान गर्नुहुनेछ अपेक्षा लिएको फूडमान्डुका ब्रान्ड एण्ड मार्केटिङ मेनेजर इनेशा भट्टराईले बताए ।

माघ २४ देखि फागुन २ गतेसम्म लागु हुने यस अफरमा सहभागी हुनको लागि फूडमान्डुुको वेबसाइट वा फूडमान्डुको एपमार्फत फूड अर्डर गर्न सकिनेछ ।

You might also like

Comments are closed.