काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १० दशमलव ५० अङ्कले ओरालो लागेर दुई हजार ८५ दशमलव ८२ मा सीमित भएको छ ।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूच्क तीन दशमलव ८९ अङ्कले ओरालो लागेर तीन सय ७४ दशमलव ७५ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर मूल्य उकालो लाग्दा १० उपसमूहको शेयर मूल्य भने ओरालो लागेको छ ।
विभिन्न कम्पनीका १ करोड ५ लाख ७१ हजार एक सय ९९ कित्ता शेयर रु ४ अर्ब आठ करोड ५६ लाख ७८ हजार ४७२ मूल्यमा खरिद बिक्री भएका छन् । कारोबारका आधारमा हिमालयनल रिइन्स्योरेन्स शीर्ष स्थानमा छ । सो कम्पनीको रु ६२ करोड ४७ लाख ८५ हजार ३६८ बराबरको कारोबार भयो ।
एनआरएन इन्स्फास्ट्रचर रु १२ करोड ४ लाख ३४ हजार ४३७, हिमालयन डिस्टिलरी रु ९ करोड २३ लाख २६ हजार ३८८, एनआइसी एशिया बैंक रु ८ करोड ४२ लाख ४ हजार ३३२ र हाथवे इन्भेस्टमेन्ट रु ८ करोड ३० लाख ७७ हजार ७ सय तीन मूल्यमा कारोबार भई शीषर्ए पाँच भित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार समाज लघुवित्त र कुर्थली बुखरी स्मल हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लागेको छ । त्रिशुली जलविद्युत् कम्पनी ६ दशमलव ४१, दोर्दी खोला जल विद्युत् कम्पनी ५ दशमलव शुन्य ८ र माया खोला हाइड्रोपावरका लगानीकर्ताले ४ दशमलव ९० प्रतिशतले कमाएका छन् ।
यस्तै, एनआइसी एशिया ग्रोथ फण्ड दोस्रो १०,युनिलिभर नेपाल ७ दशमलव १४,गुराँस लघुवित्त ७ दशमलव १३,गणपति लघुवित्त ४ दशमलव ६६ र किसान लघुवित्तका लगानीकर्ताले ४ दशमलव ४७ प्रतिशतले गुमाएका छन् ।
Comments are closed.