दोस्रो चापाकोट महोत्सव एवम् व्यापार मेला आजबाट सुरु

काठमाडौं । स्याङ्जाको चापाकोट नगरपालिकामा आजदेखि दोस्रो चापाकोट महोत्सव एवं व्यापार मेला २०८० सुरु हुदैछ ।

महोत्सवको नेपाल सरकारका कानुनी न्याय तथा संसदीय मामिला मन्त्री एवं स्याङ्जा क्षेत्र नं का संघीय सांसद धनराज गुरुङले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । मन्त्री गुरुङले विहान ११ वजे उद्घाटन गर्ने कार्यक्रम रहेको महोत्सवका सुचना तथा सञ्चार संयोजक गोपीकृष्ण रेग्मीले जानकारी दिए ।

चापाकोट उद्योग वाणिज्य संघको आयोजना तथा चापाकोट नगरपालिकाको संरक्षकमा मेला आयोजना गरिएको छ । मेलाको तयारी पुरा भएको छ । मेलामा स्थानीय उत्पादन, कला संस्कृतिकलाई जोड दिइएको मूल आयोजक समितिका संयोजक एवं चापाकोट उद्योग वाणिज्य संघका अध्यक्ष निर्मल रानाले जानकारी दिए ।

मेला चापाकोट नगरपालिका ९ गंगालाल माविको खेलमैदानमा हुनेछ । “हाम्रो शान हाम्रो मान, सुन्दर नगर हाम्रो पहिचान” भन्ने मुल नाराका साथ मेला आयोजना गरिएको छ ।

स्थानीय उत्पादनको प्रदर्शनी र बिक्रीलाई उच्च प्राथमिकतामा राखिएको महोत्सवमा कृषि तथा हस्तकला, सेवा तथा औद्योगिक र व्यापारिक गरी २५० स्टलहरु रहने आयोजकले बताएको छ ।

मेलामा कृषि प्रर्दशनी, धार्मिक तथा पर्यटकीय स्थलहरुको फोटो प्रर्दशनी, रतौली गित प्रतियोगिता, भजन प्रतियोगिता, नृत्य प्रतियोगिता, जिल्लास्तरीय भलिवल प्रतियोगिता सहित दैनिक राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहनेछ ।

 

You might also like

Comments are closed.