पोखरा । बिगमार्टले पोखरामा ग्राण्ड ओपेनिङ गर्ने भएको छ । काठमाडौंमा ९० स्टोरहरुको सञ्चालन गरिरहेको बिगमार्टले पोखराको बगर, सितलादेवी, राम बजार, फुलबारी र परस्याङमा एकैसाथ पाँचवटा नयाँ शाखा बिस्तार गर्न लागेको हो ।
फागुन १९ गतेदेखि एकैसाथ पाँचवटा स्टोरको ग्राण्ड ओपनिङ गर्ने बिगमार्टले जनाएको छ । यस अवसरमा सामान खरिदमा भारी छुट र विभिन्न आकर्षक पुरस्कारको व्यवस्था गरिएको मार्टले जनाएको छ।
जसमा नमस्ते पेबाट भुक्तानी गर्ने हरेक ग्राहकलाई १०% (रु. २०० सम्म) छुट । ग्लोबल आइएमई बैंक, प्रभू बैंक र सिटिजन्स बैंकको डेबिट, क्रेडिट कार्ड तथा क्युआरबाट भुक्तानी गर्ने हरेक ग्राहकलाई १०% (रु. २०० सम्म) बिगमार्टले छुट दिने छ ।
बम्पर पुरस्कारमा एक जना भाग्यशाली ग्राहकले हिरो स्कुटर प्राप्त गर्ने पनि बिगमार्टले जनाएको छ । प्रत्येक रु. ७५० वा सो भन्दा बढिको खरिदमा पुरस्कारहरूको लागि लक्की ड्रमा प्रवेश गर्न सकिने मार्टले जनाएको छ ।
पोखरा क्षेत्रका ग्राहकहरू बिगमार्टको सेवाबाट लाभान्वित हुने विश्वास गरिएको छ ।
Comments are closed.