नेपाल डेरी एशोसिएसन नुवाकोट शाखा अध्यक्षमा ढुुङ्गाना

काठमाडौं । नेपाल डेरी एशोसिएसन नुवाकोट नयाँ नेतृत्व चयन भएको छ । जिल्ला समितिको पहिलो साधारण सभाबाट अध्यक्षमा बालकृष्ण ढुुङ्गाना (दीपक) को नेतृत्वमा ११ सदस्यीय समिति गठन गरिएको छ ।

समितिको उपाध्यक्षमा बासुदेव गजुरेल र उपाध्यक्ष अर्जुनप्रसाद भट्ट, सचिवमा विष्णु दाहाल, कोषाध्यक्षमा नवराज थापा, सदस्यहरुमा सुजन अधिकारी, अर्जुन बजगाई, रमेश तामाङ, क्षेत्रबहादुर तामाङ, रामप्रसाद खतिवडा र मानबहादुर बलामी रहेका छन् ।

नुवाकोट काठमाडौं दुग्ध व्यवसायी समितीका संयोजक देवराज बजगाईको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय दुग्ध विकास बोर्डका निमिक्त कार्यकारी निर्देशक डा.बालक चौधरीले उद्घाटन गरेका हुन् । प्रमुख अतिथि डा. चौधरीले नेपाल डेरी एशोसिएसनले गठन गरेको नुवाकोट जिल्ला समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै आगामी दिनमा सक्रियताका साथ काम गर्न अनुरोध गरेका छन् ।

नवगठित समितिलाई केन्द्रीय अध्यक्ष प्रह्लाद दाहालले पद तथा गोपनियताको सपथ खुवाएका छन् । नयाँ समितिलाई प्रमाणपत्र प्रदान गरिएको छ । केन्द्रीय अध्यक्ष दाहालले नुवाकोट जिल्ला समिति घोषणा पश्चात् नुवाकोट जिल्लाले पनि आफ्नो दुग्ध क्षेत्रको लागि योगदान पु¥याउने बताएका छन् ।

उपाध्यक्ष दिप्रसाद धमलाले नुवाकोट समिति बनेकोमा खुशी व्यक्त गर्दै बधाई तथा शुभकामना दिएका छन् । नवनिर्वाचित अध्यक्ष ढुुङ्गानाले सबै डेरी व्यवसायीको हितमा लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

बागमती प्रदेशका उपाध्यक्ष ध्रुव तिवारीले स्वागत गरेको कार्यक्रममा एशोसिएसनका उपाध्यक्ष दिपप्रसाद धमला, मनोजकुमार घिमिरे, केन्द्रिय सदस्यहरु रविशरण थापा, नवराज तिमिल्सिना, बागमती प्रदेश उपाध्यक्ष ध्रुव तिवारी, सचिव श्याम घिमिरे, राष्ट्रिय दुग्ध विकास बोर्डका बिदुर राई, ओमप्रकाश खरेल, दिपेन्द्र अधिकारी लगायत दुग्ध व्यवसायीको सहभागीता रहेको थियो ।

You might also like

Comments are closed.