काठमाडौं । राष्ट्रिय दुग्ध विकास बोर्डले नुवाकोटको विदुर नगरपालिकामा सरोकारवालासंग अन्तक्र्रिया कार्यक्रम गरेको छ । बोर्डका कार्यकारी निर्देशक डाक्टर बालक चौधरीको अध्यक्षतामा सनसाइन होटलमा कार्यक्रम भएको हो ।
प्रमुख अतिथी विदुर नगरपालिकाका प्रमुख राजु श्रेष्ठले कार्यक्रमको उद्घाटन गर्दै दुग्ध क्षेत्रको विकासका लागि आफु खुलेर लाग्ने बताए । आगामी वर्षको वजेटमा समावेश गर्नुपर्ने कुराहरु लिखित रुपमा बुझाउनको लागि दुग्ध किसान र उद्योगलाई आग्रह गर्दै राष्ट्रिय दुग्ध विकाससंग सधैं सहकार्य गरेर जाने नगर प्रमुख श्रेष्ठ बताउँछन् ।
कार्यक्रममा वडाध्यक्ष, कृषि ज्ञान केन्द्रका प्रमुख, उपाध्यक्ष दिपप्रसाद धमला, मनोजकुमार घिमिरे, सदस्यहरू नवराज थापा, बागमती प्रदेशका उपाध्यक्ष धुर्व तिवारी, सचिव श्याम घिमिरे, जिल्लामा रहेका १२ पालिकाका पशुसेवा शाखाका प्रमुखका लगायत डेरी उद्योगी सहभागी थिए ।
कार्यक्रममा राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. बालक चौधरीले अनौपचारिक क्षेत्रको दुधलाई औपचारिक क्षेत्रमा ल्याउने सम्बन्धमा र नेपाल डेरी एशोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्लाद दाहालले दुग्ध क्षेत्रमा भएका समस्याको समाधानका लागि नीतिगत कुरा समेटेर बनाइएको कार्यपत्र प्रस्तुत गरेका थिए ।
एशोसिएसन नुवाकोट शाखा अध्यक्ष बालकृष्ण (दिपक) ढुंगानाले सरोकारवालासंग सहकार्य गरेर अगाडी बढ्ने बताउँछन् । कार्यक्रममा सहभागीलाईल दुध तथा दुग्धजन्य पदार्थबाट तयार पारिएको परिकार खाजाको रुपमा खुवाइएको छ ।
कार्यक्रमको सञ्चालन राष्ट्रिय विकास बोर्डका अनुसन्धान अधिकृत दिपेन्द्र अधिकारी र स्वागत बोर्डका प्रशासन प्रमुख बिदुर राईले गरेका हुन् ।
Comments are closed.