काठमाडौँं । मुक्तिनाथ विकास बैंक लिमिटेडले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
कञ्चनपुरको कृष्णपुरमा करिव १५० कागतीका विरुवा रोपण कार्य भएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत यस कार्यक्रमबाट बैंकले हरियाली अभियानद्वारा वातावरणीय सन्तुलन तथा जलवायु परिवर्तन विरुद्ध लड्न योगदान पु¥याएको छ ।
अन्तर्राष्ट्रिय वन दिवसको अवसरमा गरेको सो कार्यक्रममा बैंकका कर्मचारी, अभियानकर्ता तथा स्थानीय लगायतको सहभागीता रहेको थियो ।
डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) लगायतका सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभइ घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङ्गले जानकारी दिए ।
Comments are closed.