सुनको मूल्य प्रतितोला रु १६ सयले बढ्यो

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला रु १७ सयले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार रु एक लाख ३० हजारमा कारोबार भएकामा आजका लागि भने प्रतितोला रु एक लाख ३१ हजार ६ सय कायम भएको छ ।

यस्तै, तेजाबी सुन आइतबार रु एक लाख २९ हजार ४ सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३० हजार ९५० मा कारोबार भएको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला रु १० ले वृद्धि भएको छ । आइतबार प्रतितोला प्रतितोला रु १५ सय ३५ मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । रासस

You might also like

Comments are closed.

Secret Link