पोखरा, १ जेठ
पोखरा ६ का अध्यक्ष जगत बहादुर पहारीले शिुशु बिकास तथा स्याहार केन्द्र हुने खानेको भन्दा नि हुदा खानेको भएको हुदा केन्द्रको स्तर उन्नतिको लागि सबै लाग्नु पर्ने बताए । पोखरा ६ मा रहेको शिशु विकास तथा स्याहार केन्द्रले आयोजना गरेको बालबालिको निशुल्क स्वास्थ्य परिक्षण तथा औषधि वितरण एवं बालबालिका लक्षित जनचेतना को उद्घाटन गर्दै पाहारीले यस्तो बताएका हुन ।
सेवा केन्द्रले आर्थिक अवस्था कमजोर भएका अभिभावकको छोराछोरीहरुलाई रेखदेख गर्दै आएको वताउदैै यसको संरक्षणमा जुट्न सवैलाई आग्रह गरे । केन्द्रको स्तरोन्नति र विकासको लागि आफुले महानगर पालिका सगँ छलफल गर्दै आएको समेत बताए । स्थानिय ब्यक्तिहरु को चन्दा र सहयोग बाट स्याहार केन्द्र संञ्चालन हुदै आएको कुरामा जोड दिदै केन्द्र संरक्षणका लागि महानगर सगँ बजेट विनियोजन गर्ने आफुले पहल गर्दै आएको बताए ।
पर्यटन ब्यवसायी तथा बटरफ्लाई फाउन्डेसनका अध्यय गोविन्द्रराज पहारीले स्यहार केन्द्रको प्रशंसा गर्दै पर्यटकीय क्षेत्र लेकसाइडमा मजदुरहरुको बसोबास बढी भएको उनको बालबच्चाहरुलाई रेखदेख गरेको भन्दै खुशि ब्यक्त गरे । संस्थाले समाजमा रहेका आर्थिक अवस्था कमजोर भएका अभिभावकका बालबच्चाहरुलाई पहिचान गरि सेवा गर्ने आयोजक लाई आग्रह गरे ।
बालबालिका लक्षित सचेतना कार्यक्रममा युथ एक्टीभ नेपाली सदस्य स्मृति बरालले कार्यपत्र प्रस्तुत गर्दै अचेलका युवा र बालबालिकालाई आधुनिक संचारका माध्यम ल्यापटप र मोवाइले निम्ताएको दुरुपयोगले युवा तथा बालबालिकालाई हत्या र आत्महत्या जस्तो बाटो रोज्ने गरेको बताइन । उनले यस्ता गलत बाटो तर्फ लागेका युवाहरुलाई राष्ट, समाज र परिवारले बेलैमा पहिचान गरि परामर्श सहित समाधान तर्फ लाग्नु पर्नेमा जोड दिईन् ।
अध्यक्ष अनिल थापाले यस्ता किसिमका कार्यक्रमले युवा बालबालिकालाई नकरात्मक बाटो छोडेर सकरात्मक बाटोमा हिड्न प्रेरित गर्ने बताए ।
केन्द्रले आफ्नै प्राङगणमा गरेको स्वास्थ्य परिक्षणमा ५३ जना बालबालीकाहरुको स्वास्थ्य परिक्षण सहित निशुल्क औषधि वितरण गरिएको स्वास्थ्य संयोजक तथा हेल्थ कोडिनेटर धर्मराज थापाले जानकारी दिए ।
उपाध्यक्ष विष्णु के.सीले स्वागत गरेको कार्यक्रम सचिब मिना ढकाल, सदस्य विनीत बराल,नागरिक समाजका अध्यक्ष बिष्णु हरी अधिकारी, नगरबालबालिका अध्यक्ष मंगल बहादुर नेपाली, रेडक्रस उपसाखाका अध्यक्ष गिरिराज अधिकारी, सल्लाहकार गणेशबहादुर ढकाल र वडा सदस्य विष्णु बहादुर भट्टराई लगायतले वोलेका थिए ।
Comments are closed.