काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा रु ४ सयले घटेको छ ।
सोमबार तोलामा रु एक लाख ३१ हजार ६ सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३१ हजार २ सय निर्धारण भएको छ ।
यस्तै, तेजावी सुन सोमबार तोलामा रु एक लाख ३० हजार ९५० मा कारोबार भएकामा आजका लागि रु एक लाख ३० हजार ५५० निर्धारण भएको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि सामान्य रुपमा बढेको छ । सोमबार प्रतितोला रु १५ सय ३५ मूल्यमा कारोबार भएको चाँदी आजका लागि भने रु १५ सय ४५ निर्धारण गरिएको छ । रासस






Comments are closed.