काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जुत्ता चप्पल मेला जारी छ ।
एउटै छानामुनी धेरै कम्पनीका जुत्ता चप्पल सस्तो मुल्यमा उपलब्ध गराउने गरि मेला आयोजना गरिएको बताइएको छ । विशेष छुटमा जुत्ता चप्पल बिक्री भइरहेकाले मेलामा ग्राहकको आकर्षण बढेको आयोजकको भनाई छ ।
स्वदेशी दर्जन भन्दा बढी कम्पनीको संयुक्त आयोजना तथा व्यवस्थापनमा मेला सञ्चालन भएको हो । मेलामा नयाँ नयाँ मोडलका जुत्ता चप्पल उपलब्ध रहेको छ । मेलामा ३० भन्दा बढी ब्राण्डका झण्डै ६ हजार मोडलका जुत्ता चप्पल उपलब्ध रहेको आयोजक गंगा श्रेष्ठले जानकारी दिए
महिला, पुरुष, बालबालिकाका लगायत सबैका लागि उपयुक्त जुत्ता चप्पल मेलामा उपलब्ध छन् । एकै ठाउँमा धेरै प्रकारका जुत्ता चप्पल उपलब्ध हुँदा ग्राहकले आफ्नो आवश्यकता अनुसार खरिद गर्न सक्ने आयोजकले जनाएको छ ।






Comments are closed.