पोखरा । पोखरामा रहेका सिसिटिभि बिक्रेताहरुद्धारा स्थापित पोखरा लायन्स क्लब अफ इन्फरमेशन एण्ड टेक्नोलोजीका पदाधिकारी र सिसिटिभि क्यामरा टिएनडी ब्राण्डका पदाधिकारीबीच अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।
टिएनडी ब्राण्डका सेल्स म्यानेजर एरिका ह्वाङ, कन्ट्री सेल्स म्यानेजर नविन भण्डारी, हाइटेकको तर्फबाट नेपालका लागि टिएनडी ब्राण्डको एक्जुकेटिभ सेल्स म्यानेजर सुरज भट्ट लगायतको टोलीलाई पोखरा लायन्स क्लब अफ इन्फरमेशन एण्ड टेक्नोलोजीका पदाधिकारीले स्वागत संगै अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा वोल्दै टिएनडीका सेल्स म्यानेजर एरिका ह्वाङले टिएनडी ब्राण्डको सिसिटिभि क्यामेरा राम्रो भएको बताउदै पोखरामा रहेका सिसिटिभि बिक्रेताहरु मिलेर लायन्स क्लब गठन गरी व्यापार व्यवसायको प्रवद्र्धनमा जुटेकोमा खुसी व्यक्त गरिन् ।
टीम मिलेर काम गरेको खण्डमा जुनसुकै काममा पनि सफलता हात लाग्ने बताउदै पोखराका सिसिटिभि क्यामेरा बिक्रेताहरु संगठित भइ टीम बनाएर लागेकोमा उनले प्रशंसा समेत गरिन । ग्राहकको चाहनालाई मध्येनजर गरी टिएनडी ब्राण्डले भरपर्दो क्यामेराहरु उत्पादन गरेको उनको भनाइ छ ।
हाइटेक इन्टरनेश्नल नेपालका सेल्स म्यानेजर सुरज भट्टले हाइटेक मार्फत नेपालका लागि टिएनडी ब्राण्डका सिसिटिभि क्यामेराहरु उपलब्ध गराउदै आएकोमा पोखरामा रहेका व्यवसायीले स्वस्थ प्रतिस्पर्धा मार्फत व्यवसाय गरेकोमा खुसी व्यक्त गर्दै आफुहरु व्यवसायीको हितमा काम गर्ने समेत बताए । हाइटेकले आगामी दिनमा एक क्षेत्र एक डिलरमात्र प्रदान गरेर व्यवसायीलाई साथ दिने उनको भनाइ रहेको थियो ।
त्यस्तै टिएनडीका टेक्निकल हेड उत्कल सन्जेलले टिएनडी ब्राण्डमा कुनैपनि समस्या उत्पन्न नहुने वताउदै व्यवसायीले ब्राण्डको सामाग्री ग्राहकलाई विक्री वितरण गरेको खण्डमा सहज हुने समेत बताए ।
डिएनडी ब्राण्डका अधिकृत बिक्रेता आयुषा इन्टरनेश्नलका सञ्चालक अनिलकुमार श्रेष्ठले व्यवसायीले लोकल सामान भन्दापनि ब्राण्डको सामानहरु बिक्री वितरण गरेको खण्डमा कुनैपनि समस्या आइपरेमा समाधान गर्न सहज हुने बताएका छन् ।
पोखरा लायन्स क्लब अफ इन्फरमेशन एण्ड टेक्नोलोजीका अध्यक्ष सनरोज गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका सदस्य सुदिप ओझा, क्लबका निर्वाचित अध्यक्ष दिनेश महर्जन लगायतले आफ्ना भनाई राखेका छन् भने कार्यक्रमको सञ्चालन उपाध्यक्ष तथा गोम्जा आइटी टेक्नोलोजीका सञ्चालक रावत गोम्जा तामाङले गरेका हुन् ।






Comments are closed.