सुनको मूल्य तोलामा रु १६ सयले वृद्धि

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु १६ सयले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन शुक्रबार तोलामा रु १ लाख ३९ हजार ३ सयमा कारोबार भएकामा आजका लागि भने रु १ लाख ४० हजार ९ सय निर्धारण गरिएको छ ।

यस्तै तेजाबी सुन शुक्रबार प्रतितोला रु १ लाख ३८ हजार ६५० मा कारोबार भएकामा आजका लागि भने रु १  लाख ४० हजार २ सय निर्धारण भएको छ ।

You might also like

Comments are closed.

Secret Link