काठमाडौं । अपोलो हस्पिटलले सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक तथा कर्मचारीलाई छुट दिने भएको छ ।
बैंक र हस्पिटल बीच सम्झौता पत्रमा छुट सम्बन्धी आइतबार हस्ताक्षर भएको छ ।
बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुगोग श्रेष्ठ र हस्पिटलको तर्फबाट अपोलो इनफर्मेसन सेन्टरको प्रमुख कार्यकारी अधिकृत तथा दुगड गुप्रका उपाध्यक्ष अभिषेक दुगरले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार हस्पिटलले बैंकका ग्राहक र कर्मचारीलाई १० प्रतिशतसम्म छुट प्रदान गर्नेछ ।
साथै अपोलो मेन हस्पिटल चेन्नई, अपोलो क्यानस इन्ष्टिच्यूट चेन्नई, हैदराबाद, बैंगलोर, मुम्बई, न्यु दिल्ली, कोलकाता जस्ता अपोलो हस्पिटलका सञ्जालमा समेत यी सुबिधा उपलब्ध रहेको जानकारी दिइएको छ ।
Comments are closed.