जोन्टा क्लव अफ पोखराको अध्यक्षमा रोजिना रञ्जित विजुक्छे

पोखरा । जोन्टा क्लव अफ पोखराको अध्यक्षमा रोजिना रञ्जित विजुक्छे चयन भएकी छन् । शुक्रबार सम्पन्न् क्लवको पाँचौं अधिवेशनले बिजुक्छेलाई अध्यक्षमा चयन गरेको हो ।

त्यसैगरि क्लवको उपाध्यक्षमा नेलिसा ठकुरी केसी, सचिवमा सृजना कार्की भट्टराई र कोषाध्यक्षमा अनिता खड्का भट्टराई चयन भएका छन् । समितिको निवर्तमान अध्यक्षमा मोनिका थापा छन् ।

क्लवको कानूनी डाइरेक्टरमा बन्दना कार्की, अवार्ड एण्ड स्कलरसीप डाईरेक्टरमा साम्राज्ञी क्षेत्री, सेलेब्रेसन एण्ड फेलोसीप डाइरेक्टरमा सविता श्रेष्ठ, लिडरसीप र स्कील डेभलपमेन्ट डाइरेक्टरमा श्रीविद्या कायस्थ, पिआर एण्ड ग्रेटर भिजिबिलिटी डाइरेक्टरमा लीना गोशली, सर्भिस कमिटी डाइरेक्टर अञ्जना तझ्या, यूएन एण्ड क्लाईमेट चेञ्ज डाइरेक्टरमा निलिमा गुरुङ र जेड एण्ड गोल्डेन डाइरेक्टरमा पूजा केसी चयन भएको अध्यक्ष विजुक्छेले जानकारी दिईन् ।

क्लबले महिला सशक्तिकरणका लागि विभिन्न तालिम, सचेतना कार्यक्रम, र समुदायमा विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएको बिजेक्छेले जानकारी दिइन् ।

You might also like

Comments are closed.