रेड्मी नोट १३ : १०८ मेगापिक्सेलको बजेट किंग

काठमाडौं । रेड्मी नोट १३ सिरिजले सुपथ मूल्यमा उत्कृष्ट सुविधा प्रदान गरेर आफ्नो स्थान राख्न सफल भएको छ ।

यस सिरिजले गत वर्ष जस्तै सुपथ मूल्यमा अपग्रेड गरिएका बलियो फिचर सहितका स्मार्टफोनहरु प्रदान गर्ने लक्ष्य राखेको छ । रेड्मी नोट १३ को ७.९७ एमएम मोटाई र १८८.५ ग्रामको तौलले यसलाई स्लिम र हल्का तौल बनाउन सघाएको छ ।

यसको मनमोहक ६.६७ इन्च एमोलेड डिस्प्ले, २४०० ह १०८० को रिजोलुसन र स्मुथ १२० हर्जको रिफ्रेस रेटले इमर्सिभ भिजुअलको अनुभवको सुनिश्चित गर्दछ । साथमा रेड्मी नोट १३ आइपी ५४ डस्ट र स्प्ल्याश रेजिस्ट्यान्ससहित उपलब्ध छ ।

शक्तिशाली स्न्यापड्रागन ६८५ः
स्न्यापड्रागन ६८५ चिपसेट सहित रेड्मी नोट १३ ले प्रभावकारी पर्फर्मेन्स सुनिश्चित गर्दछ । एन्ड्रोइड १४ र हाइपर ओएस को सहायताले यो डिभाइस निर्वाध रूपमा चल्दछ । प्रयोगकर्ताहरूका लागि ६ वा ८ जिबी र्याम रोज्न र आफ्नो आवश्यकता अनुसार १२८ वा २५६ जिबी स्टोरेज छनौट गर्ने विकल्प उपलब्ध छन् ।

१०८ मेगापिक्सेल पावरहाउसः
रेड्मी नोट १३ को प्रभावशाली क्यामेरा सेटअपले उत्साहजनक डिटेल प्रदान गर्दछ । रेड्मी नोट १३ मा २०० एमपीको मुख्य क्यामेरा, ८ एमपी अल्ट्रा–वाइड क्यामेरा र २ एमपीको म्याक्रो क्यामेरा उपलब्ध छन् । साथमा यसको १६ एमपी सेल्फी क्यामेराले सेल्फीहरुमा छुट्टै चमक ल्याउँनेछ ।

एक्स्ट्रा ब्याकअपः
रेड्मी नोट १३ ले दिनभरको स्र्माटफोन प्रयोग सुनिश्चित गर्न ५ हजार एमएच ब्याट्री र ३३ वाटको फास्ट चार्जर प्रदान गर्दछ । साथमा यस डिभाइसमा डुअल स्पिकर, डल्बी एटमस र थप सुरक्षाका लागि इन–स्क्रिन फिंगरप्रिन्ट सेन्सर पनि समावेश छ ।

प्रयोग गर्न सजिलोः
एन्ड्रोइड १३ र एमआई यूआई १४ मा चल्ने रेड्मी नोट १३ मा प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार साओमी हाईपर ओएस पनि अपग्रेड गर्न सक्छन् । साथै ईन–डिस्प्ले फिङ्गर सेन्सरसहित प्रयोगकर्तालाई सरल तथा आवश्यकता अनुसारको फिचरहरु प्रदान गर्दछ । डल्बी एटमसले ट्यून गर्ने डूवल स्टेरियो स्पिकर, तथा १८ सय निटस्को ब्राईटनेसले गर्दा रेड्मी नोट १३ लाई गेमिङ तथा भिडियोको लागि पनि उत्कृष्ट फोन बनेको छ । यो वाहेक रेड्मी नोट १३ लाई धुलो तथा पानी प्रतिरोधात्मक क्षमतामा आईपी ५४ रेटिङ्गे प्राप्त भएको छ । रेड्मी नोट १३ को सेक्युरिटी उत्कृष्ट छ ।

सुपथ मूल्य उत्कृष्ट फिचरः
रेड्मी नोट १३ एक साधरण स्मार्टफोन मात्र नभएर शानदार डिस्प्ले, बलियो पर्फर्मेन्स १०८ एमपीको क्यामेरा भएको उत्कृष्ट फोन हो । यो फोनको ५ हजार एमएच ब्याट्री ३३ वाटको फास्ट चार्जरबाट चार्ज गर्दा एकदमै छिटो चार्ज हुन्छ । एउटा स्टाइलिस, टिकाउ, र बलियो फोन खरिद गर्न चाहने प्रयोगकर्ताका लागि रेड्मी नोट १३ एक उत्कृष्ट फोन हो ।

रेड्मी नोट १३ मिडनाइट ब्ल्याक, मिन्ट ग्रीन, ओसियन सनसेट र आइस ब्लू कलरहरुमा उपलब्ध छ । यी फोनहरुको मूल्य ६/१२८ जिबिको मूल्य रु २४ हजार ९९९ छ भने ८/२५६ जिबिको मूल्य रु २७ हजार ९९९ छ । ग्रहकलाई प्रोत्साहन गर्नको लागि शाओमीले रेड्मी नोट १३ किन्दा रु.२ हजार ९९९ मूल्यको बड्स ४ एक्टीभ मात्र रु. १६ सय ९९ को बन्डल अफरमा पाउन सकिनेछ ।

 

You might also like

Comments are closed.

Secret Link