सुन र चाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला रु ३ सयले बढेको छ । आइतबार प्रतितोला रु १ लाख ३६ हजार ९ सयमा कारोबार भएकोमा आज रु एक लाख ३७ हजार २ सय कायम भएको छ ।

साथै तेजावी सुनको मूल्य प्रतितोलामा रु ३ सयले बढेर रु १ लाख ३६ हजार ५५० कायम भएको छ । चाँदीको मूल्य प्रतितोला रु २५ ले बढेर रु १ हजार ८८० कायम भएको छ । रासस

You might also like

Comments are closed.

Secret Link