काठमाडौं । विश्व दूध दिवस, २०८१ को अवसरमा नेपाल डेरी एशोसिएसनले पत्रकार भेटघाट कार्यक्रम गरेको छ । एशोसिएसनले आज पत्रकार सम्मेलन गरी विश्व दूध दिवस मनाउने सम्बन्धमा जानकारी दिएको छ ।
संयुक्त राष्ट्रिय संघको खाद्य तथा कृषि संगठनले जुन १, २००१ बाट विश्व दुध दिवस मनाउन शुरु गरी २४ औं अन्तर्राष्ट्रिय विश्व दूध दिवस, जुन १, २०२४ विश्वभर विभिन्न कार्यक्रम गरी मनाइने भएको छ । नागरिकले दूधको उपभोग गर्न चेतना फैलाउने उद्देश्यले नेपालले पनि सन् २०११ बाट विश्व दूध दिवस मनाउन शुरु गरेको हो ।
केन्द्रियस्तरमा विश्व दुध दिवस, २०८१ राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा सरोकारवाला निकाय पशु सेवा विभाग, दुग्ध विकास संस्थान, केन्द्रिय दुग्ध सहकारी संघ लि., नेपाल डेरी एशोसिएसन, डेरी उद्योग संघ, केन्द्रिय पशुपन्छी मत्स्य सहकारी संघ लि. तथा नेपाल डेरी साईन्स एशोसिएसनको सहयोगमा बालबालिका तथा बृद्धाश्रममा बसोबास गर्ने ज्येष्ठ नागरिकलाई दुग्धपान, उपत्यकाका विद्यालयस्तरीय दूधको सेवन सम्बन्धी वक्तृत्वकला प्रतियोगिता एवं दूधपान, दुग्ध क्षेत्रमा योगदान पु¥याउने व्यक्तिलाई सम्मान, विश्व दूध दिवसको शुभकामना आदानप्रदान कार्यक्रम गर्ने तय भएको एशोसिएसनले जानकारी गराएको छ ।
सातै प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, प्रदेश दुग्ध विकास बोर्ड, पशु सेवा विज्ञ केन्द्र, जिल्ला दुग्ध उत्पादक सहकारी संघ, दुग्ध उत्पादक सहकारी संस्था, दुग्ध उद्योग लगायतका सरोकारवाला निकायले विश्व दूध दिवस विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । साथै यस पटक केन्द्रले विश्व दूध दिवस, २०८१ कार्यक्रम काठमाडौं उपत्यका बाहिर एनएमसी एग्रो फार्म, मेचीनगर(१४ दुवागढी, कोशी प्रदेश, झापामा प्रभातफेरीसहित मूल समारोह गर्ने निर्णय भएको छ ।
दैनिक गुणस्तरीय दूध सेवनका लागि जनचेतना जगाउने, पोषणयुक्त दुध तथा दुग्ध पदार्थको उपभोगमा बृद्धि गर्न प्रचार प्रसार गर्ने, दूध तथा दुग्ध पदार्थको गुणस्तर कायम गर्न जनचेतना जगाउने, दूध तथा दुग्ध पदार्थको उपभोगमा सवैको पहुंच पु¥याउन पहल गर्ने र दूध तथा दुग्ध पदार्थको उपभोगमार्फत खाद्य पोषण सुरक्षणमा सुनिश्चित गर्न सहयोग पु¥याउने उद्धेश्य रहेको एशोसिएसनको भनाई छ ।
गत जेठ १४ गते नेपाल डेरी एशोसिएसनले त्रिरत्न आवासीय विद्यालय स्वयम्भु, काठमाडौंमा उपत्यकाव्यापी विद्यालयस्तरीय दूधको सेवन सम्बन्धी वक्तृत्वकला प्रतियोगिता एवं दूधपान कार्यक्रम, नेपाल डेरी एशोसिएसनको प्रदेशस्तरीय एशोसिएसनले बालवालिका तथा वृद्धाश्रमका ज्येष्ठ नागरिकलाई दुध तथा दुग्ध पदार्थ तथा फलफुल वितरण, विहिवार (जेठ १७ गते) प्रेस विज्ञप्तीमार्फत (पत्रपत्रिका, एफ.एम, विद्युतीय माध्यम) प्रचार–प्रसार कार्यक्रम सम्पन्न गरेको छ ।
यस्तै जेठ १८ र १९ गते पशु सेवा विभाग, राष्ट्रिय पशुपन्छी श्रोत व्यवस्थापन तथा प्रवद्र्धन कार्यालय हरिहरभवन ललितपुरले विद्यालयका बालबालिकालाई दूधको महत्व बारेमा जनचेतनात्मक र दूध तथा दुग्ध पदार्थ वितरण कार्यक्रम रहेको बताइएको छ ।
प्रदेशका कृषि तथा पशुपन्छी मन्त्रालयले स्कूलका बालबालिका तथा वृद्धाश्रमका ज्येष्ठ नागरिकलाई दुध तथा दुग्ध पदार्थ वितरण, दूधको उपभोग बृद्धिका लागि जनचेतनात्मक कार्यक्रम, प्रभातफेरी तथा छलफल, जेठ १९ गते कृषि तथा पशुपन्छी विकास मन्त्रालयका मन्त्री एवं सचिवको उपस्थितीमा एनएमसी एग्रो फार्म, मेचीनगर १४ दुवागढी, कोशी प्रदेश, झापामा विश्व दुध दिवस समारोह एवं दुग्ध क्षेत्रमा योगदान पु¥याउने व्यक्तिलाई सम्मान कार्यक्रम रहेको जनाइएको छ ।
Comments are closed.