काठमाडौं । नेपालमा विद्युतीय गाडी वुलिङ्गको आधिकारिक बिक्रेता प्यारामाउन्ट मोटर्स प्रा. लि. ले नबिल बैंकसँग साझेदारीको घोषणा गरेको छ ।
वुलिङ्ग बिङ्गो इभिमा रुचि राख्ने वित्तीय सुविधा उपलब्ध गराउन नेपाली ग्राहकको पहुँचमा पु¥याउन र आर्थिक सहजता प्रदान गर्न साझेदारी गरिएको कम्पनीले जनाएको छ ।
चीनको गुआङ्सी, लिउझाउमा सन् १९२८ मा स्थापना भएको वुलिङ्गले सेनाका उपकरण मर्मत गर्नेदेखि विमान, खेती गर्ने मेसिन र ट्रयाक्टर उत्पादन गर्ने काम गरेको थियो । १९८० को दशकमा मित्सुबिशीसँग साझेदारी गर्दै वुलिङ्गले गाडी उत्पादनमा प्रवेश गर्यो । सन् २००२ मा SAIC–GM–Wuling संयुक्त उद्यम स्थापना भएको थियो, जसले Wuling Hongguang MPV / HongGuang MiniEV को सफल नेतृत्व ग¥यो ।
सन् २०२० देखि २०२२ सम्म विश्वको सबैभन्दा धेरै बिक्री हुने सानो इलेक्ट्रिक कारको रुपमा ख्याति कमाएका यी गाडीहरु २०२३ को शुरुवातमा १.१ मिलियन भन्दा बढी बिक्री भएको थियो । आज वुलिङ्गले गुआङ्क्सी अटोमोबाइल समूह अन्तर्गत बिजुली र जीवाश्म इन्धन SUV, MPV, पिकअपहरु र व्यावसायिक सवारीहरु उत्पादन गर्दछ ।
यो साझेदारीसँगै, वुलिङ्ग बिङ्गो इभि परिवारमा सामेल हुन चाहने ग्राहकले अब नबिल बैंकको वित्तीय सुविधाबाट लाभान्वित हुन सक्ने बताइएको छ । जसमा ७ वर्षसम्मको फ्लोटिंग ऋण सुविधा र गाडीको मूल्यको ८०% सम्मको फाइनान्सिङ्ग सुविधा लगायतका छन् । ग्राहकले ५ वर्षको लागि ९.९९% र ७ वर्षको लागि १०.४९% को स्थिर ब्याज दरहरु, वा आधार दर + प्रिमियम मोडेलमा आधारित अस्थिर ब्याज दर (१–३% को प्रिमियम र अघिल्लो तीन महिनाको औसत आधार दर) बीच छनौट गर्न सक्नेछन् ।
बैंकले व्यक्तिगत कर्जाको लागि भ्याट बिलको ८०% सम्म र फर्मका लागि ७०% सम्म फाइनान्सिङ्ग गर्नेछ, जसको वित्तीय सीमा रु. २५ लाख रहेको छ । अटो लोनको अवधि बैंकको नीति अनुसार स्ट्यान्डर्ड लोन एड्मिनिस्ट्रेसन फि सहित अधिकतम ७ वर्षसम्म लम्बिन सक्छ । वुलिङ्ग नेपाल र नबिल बैंक विद्युतीय सवारी साधन खरिद गर्ने प्रक्रियालाई सहज र लाभदायक बनाउँदै ग्राहकलाई उत्कृष्ट सेवा र सुविधा प्रदान गर्न प्रतिबद्ध छ ।






Comments are closed.