पोखरा १३ को कृषि जैविक विविधता प्रदर्शनी मेला सकियो

पोखरा । पोखरा महानगरपालिकामा भएको ‘कृषि जैविक विविधता प्रदर्शनी मेला २०८१’ सकिएको छ ।

४३ औँ विश्व वातावरण दिवसको अवसरमा पोखरा–१३ को कृषि सञ्जाल, पोखरा महानगरको कृषि महाशाखा, नमुना प्राङ्गारिक कृषि सहकारी संस्था आर्वा र जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल ९लि–बर्ड० को संयुक्त आयोजनामा मेला भएको हो ।

मेलामा रहेका १० स्टलमा पोखरा १३ मा पाइने रैथाने बालीहरु राखिएको थियो । नयाँ पुस्तालाई कृषि जैविक विविधतासँगै वातावरणको महत्व बुझाउनका लागि मेला आयोजना गरिएको लि–बर्डका कार्यक्रम अधिकृत तथा मेला संयोजक विष्णु भुषालले बताए । मेलामा कृषि जैविक विविधतामा सहयोग गर्ने गित प्रतियोगिता, बीउ साटासाट, माटो शिविरको कार्यक्रम राखेको उनले जानकारी दिए ।

पोखरा १३ का वडाध्यक्ष किरण बरालले आफ्नो वडामा भएको कृषि जैविकता संरक्षणका लागि विभिन्न कार्यक्रम गरिरहेको बताए । सोही अनुसार वडामा कृषि जैविक विविधता प्रदर्शनी मेला आयोजना गरिएको उनले सुनाए । कृषि महाशाखा, लिबर्ड र नमुना प्राङ्गारिक कृषि सहकारीको सहकार्यमा मेला आयोजना गरेको हो ।

मेलामा आयोजना गरिएको कृषि जैविक विविधता गित प्रतियोगितामा नमुना प्राङ्गारिक कृषक समुह प्रथम भएको छ । प्रथम समुहले नगद ६ हजार रुपैयाँ पुरस्कार प्राप्त ग¥यो भने, द्वितिय भएको मणिदिप कृषक समुहले नगद ५ हजार, तृतीय भएको पिपलडाली काफलबारी कृषक समुहले ४ हजार पुरस्कार प्राप्त गरेको छ ।

प्रतियोगितामा सहभागी अन्य ७ समुहलाई प्रति समूह प्रोत्साहन स्वरुप ३ हजार दिइएको कृषि सञ्जाल पोखरा १३ का अध्यक्ष टेकनाथ बरालले जानकारी दिए । प्रतियोगितामा सहभागी विद्यालयको समुहलाई प्रति विद्यालय २५ सय रुपैयाँ प्रोत्साहन पुरस्कार र साथमा प्रमाणपत्र प्रदान गरिएको छ ।

 

You might also like

Comments are closed.