व्याज अनुदान रोकिदा किसान तथा दुग्ध व्यवसायी मारमा : नेपाल डेरी एसोसिएसनका अध्यक्ष दाहाल

काठमाडौं । वाणिज्य बैंकहरुले दिदै आएको व्याज अनुदान रोक्का हुदा किसान तथा दुग्ध व्यवसायी मारमा परेको नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले बताएका छन् ।

किसान तथा दुग्ध व्यवसायीले उपयोग गर्दै आएको सहुलियतपूर्ण कर्जाको लागि व्याज अनुदान कार्य राष्ट्र बैंकले रोक्का गर्दा संबद्ध व्यक्ति तथा व्यवसायी समस्यामा परेको अध्यक्ष दाहाल बताउँछन् । उनले सो अनुदान कार्यलाई निरन्तरता दिन राष्ट्र बैंकलाई अनुरोध गरेका छन् ।

संस्थाको तर्फबाट सहज रुपमा जतिसक्दो छिटो किसान तथा दुग्ध व्यवसायीलाई सो अनुदान उपलब्ध गराउन नेपाल राष्ट्र बैंकलाई अनुरोध गरेको अध्यक्ष दाहालले जानकारी दिएका छन् । एसोसिएसनले एक पत्र जारी गर्दै दुग्ध किसान, दुुग्ध व्यवसायीलाई उपलब्ध गराएको सहुलियतपूर्ण कर्जाको लागि व्याज अनुदान कार्य रोक्का नगर्न राष्ट्र बैंकलाई आग्रह गरेको छ ।

नेपालका वाणिज्य बैंकहरुले ५ वर्षको लागि दिदै आएको ५ प्रतिशत व्याज अनुदान ५ वर्ष पूरा नभई कृषक र डेरी उद्योगहरुलाई हाल दिन छाडेको भन्ने गुनासो एसोसिएसनमा आएका हुदा समस्याको समाधान तत्काल सम्बोधन गरिनुपर्ने अध्यक्ष दाहाल बताउँछन् ।

वाणिज्य बैंकहरुलाई नेपाल राष्ट्र बैंकले श्रोत भर्ना नगरेकाले व्याज अनुदान रोक्का भएको र व्याज अनुदान रोक्का हुँदा दुग्ध किसान, दुग्ध व्यवसायी पीडित भएकाले ऋणि र बैंक बीचको सम्झौता अनुसार व्याज अनुदान यथावत नै उपलब्ध गराउन एसोसियसनको माग छ ।

You might also like

Comments are closed.