जगदम्बा मोटर्सले ल्यायो टिभिएस मोटरसाइकलमा अफरसहितको ‘मनसुन एक्सचेन्ज’

काठमाडौं । नेपालको लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले ग्राहकका लागि ‘मनसुन एक्सचेन्ज’ अभियान सार्वजनिक गरेको छ । ग्राहकलाई असाधारण डिलहरू र सवारी अपग्रेड गर्ने मौका प्रदान गर्दै यो अभियान जेठ २३ देखि जेठ २८ गते सम्म चल्नेछ ।

‘मनसुन एक्सचेन्ज’ अभियानले स्मार्ट कनेक्ट, RT-Fi, BS-VI , राइड मोडहरू, ग्लाइड थ्रु ट्राफिक जस्ता नवीनतम प्रविधि रहेको टिभिएस मोटरसाइकल मोडलमा रोमाञ्चक लाभहरू प्रदान गर्दछ । यी सुविधाले सवारी चलाउने अनुभव, सुधारिएको प्रदर्शन र उच्च इन्धन दक्षता सुनिश्चित गर्दछ ।

यस सिमित अवधिको अभियानमा ग्राहकले टिभिएसका बाईक तथा स्कुटरको खरिदमा क्यास डिस्काउन्टका साथै पुरानो मोटरसाइकलमा थप मूल्याङ्कन प्राप्त गर्नेछन् । यी प्रस्तावलाई अझ पहुँचयोग्य बनाउन जगदम्बा मोटर्सले बजारकै सबैभन्दा कम रु. ३ हजार ९९९ प्रति महिनाको इएमआई पनि उपलब्ध गराएको छ । ग्राहकले हेल्मेट, बाइक कभर र ब्याग लगायत निःशुल्क सामग्री पनि प्राप्त गर्न सक्नेछन् ।

जगदम्बा मोटर्स प्रालि नेपालमा टिभिएसका दूई पांग्रे सवारी साधनका लागि एकमात्र आधिकारिक वितरक हो । कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत कायम राख्न तथा ग्राहकको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल छ ।

गुणस्तरीय उत्पादनहरु, बिक्री पश्चात्को उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाको उपलब्धतामार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सर्वाधिक रुचाइएको टू–ह्विलर ब्राण्डका रुपमा स्थापित छ ।

You might also like

Comments are closed.

Secret Link