सुनको मूल्य तोलामा ४ हजारले घट्यो

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु ४ हजारले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन आजका लागि प्रतितोला रु एक लाख ४१ हजार निर्धारण भएको छ । शुक्रबार छापावाला सुन तोलामा रु एक लाख ४५ हजारमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुन तोलामा रु एक लाख ४० हजार तीन सय निर्धारण गरिएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला रु एक लाख ४४ हजार तीन सयमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य तोलामा रु ७५ ले घटेको छ । शुक्रबार तोलामा रु १९ सयमा कारोबार भएको चाँदी आजका लागि भने रु १८ सय २५ निर्धारण भएको छ ।

You might also like

Comments are closed.

Secret Link