थाइरो ल्याबमा कामना सेवा विकास बैंकका ग्राहकलाई २० प्रतिशत छुट

काठमाडौं । कामना सेवा विकास बैंकले बुटवलमा रहेको थाइरो ल्याब बुटवल प्रालीसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।

यस सम्झौता अन्तर्गत बैंकका ग्राहकले सो ल्याबले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधामा २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

स्वास्थ्य सेवाका पहुँच सर्वसाधारण व्यक्तिसम्म पु¥याउने उद्धेश्यले स्थापित यस ल्याबमा बैंकका ग्राहकले आफ्नो बैंकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध व्यक्तिले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखारहित सेवाकेन्द्र मार्फत आफ्नो अत्याधुनिक सेवाहरु प्रदान गरिरहेको छ ।

 

 

You might also like

Comments are closed.