काठमाडौं । नेपाल बैंक लिमिटेड र रोल्पाको जलजला बहुमुखी क्याम्पसबीच सम्झौता भएको छ । क्याम्पसमा अध्यापनरत स्थायी प्राध्यापक तथा कार्यरत कर्मचारीलाई बैंकको सेवाग्राही कर्जा उपलब्ध गराउने सम्बन्धमा सम्झौता पत्रमा हस्ताक्षर भएको बताइएको छ ।
बैंकको तर्फबाट लुम्बिनी प्रादेशिक कार्यालय प्रमुख शुसिलकुमार नेपाल र क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख खिमबहादुर खड्का क्षेत्रीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । क्याम्पस प्रमुख क्षेत्रीले नेपाल बैंकले प्रदान गर्दै आइरहेको समयसापेक्ष वित्तीय सेवाबाट आफुहरु सन्तुष्ट र उत्साहित रहेको बताउँछन् ।
बैंकका प्रदेश प्रमुख नेपालले क्याम्पसले आफ्नो वित्तीय कारोवारहरु बैंकको डिजिटल बैंकिंङ मार्फत सञ्चालन गर्न अनुरोध गर्दै क्याम्पस परिवारसंग वित्तीय सहकार्य गर्न पाउँदा खुशी व्यक्त गरेका छन् । उनले आगामी दिनमा क्याम्पस र बैंकबीचको सम्बन्ध रहीरहने र बैंकले क्याम्पस परिवारका साथै ग्राहकलाई समयसापेक्ष बंैकिंङ सेवा सुबिध थप प्रभाबकारी बनाउनका निमित्त निरन्तर लागि परेको जानकारी दिएका छन् ।
कार्यक्रममा बैंकका लुम्बिनी प्रादेशिक कार्यालयका उप प्रबन्धक कुलराज घिमिरे, रोल्पा शाखाका शाखा प्रबन्धक बिष्णु पाण्डे, क्याम्पस उपप्राध्यापक तथा संयोजक श्याम बुढा मगर लगायत सहभागी थिए ।
Comments are closed.