वालिङ नगरपालिकाका मेलमिलापकर्तालाई ५ दिने तालिम सम्पन्न

वालिङ । स्याङ्जाको वालिङमा ५ दिवसीय मेलमिलाप तालिम सम्पन्न भएको छ । वालिङ नगरपालिकाका १४ वटै वडाका गरी २७ जना मेलमिलापकर्तालाई स्थानीय सरकार सबलीकरण कार्यक्रम अन्तर्गत ५ दिवसीय उच्च तालिम प्रदान गरिएको हो ।

नगरपालिका भरिका १०१ जना मेलमिलापकर्तामध्ये समावेशिताका आधारमा २७ जनालाई तालिममा सहभागी गराइएको छ । कार्यक्रममा वालिङ नगरपालिकाका उपप्रमुख एवम् न्यायिक समितिका संयोजक कविता तिवारी गैहे«ले नागरिकबाट आउने विवादलाई सहजिकरणमा सवल र सक्षम बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको बताइन् । नागरिकबाट आएका विवाद समाधान गर्ने क्षमता अभिवृद्धिका लागि मेलमिलापकर्तालाई महत्वपूर्ण सिकाई हुने उप प्रमुख गैह«ेले बताउँछिन् ।

वलिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, द एशिया फाउण्डेशन गण्डकी प्रदेश संयोजक पुर्ण परियार, प्राकृतिक द्धन्द रुपान्तरण केन्द्र प्रशिक्षक पार्वति विक र सहभागीको तर्फबाट भोजराज गुरुङ, लिलादेवी सुवेदीले आफ्ना भनाई राखेका छन् ।

द एशिया फाउण्डेसन एवम् प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालको आर्थिक सहयोग र वालिङ नगरपालिकाको सहजिकरणमा यही २८ गते देखि ३१ गतेसम्म सञ्चालन भएको हो । गतवर्ष पनि सोही अनुसारको तालिम २७ जनालाई नै दिइएको थियो । प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्रका पार्वती विक र अधिवक्ता शुसिल सिंखडाले कार्यक्रमका बारेमा जानकारी दिएका थिए ।

वालिङ नगरपालिका नगर प्रमुख कृष्ण खाँणले वालिङ नगरपालिका न्यायीक क्षेत्रमा उदाहारणीय कार्य गरिरहेको र अन्य पालिकापनि वालिङ नगरपालिकाको सिको गरेको हुदा अझै प्रभावकारी रुपमा कार्य गर्न मेलमितापकर्तालाई अनुरोध गरेका छन् ।

 

You might also like

Comments are closed.