काठमाडौं । बजाज मोटरसाइकलको लागि नेपालको एकमात्र आधिकारिक बिक्रेता हंशराज हुलासचन्द एन्ड कम्पनीले पल्सर एन १५० मोटरसाइकल सार्वजनिक गरेको छ । यो मोटरसाइकल भारतमा एक वर्ष अघि नै लन्च भइसकेको थियो ।
यो स्पोर्टी मोटरसाइकल दैनिक प्रयोग र पावर पर्फर्मेन्स दुवैका लागि उपयुक्त रहेको र यसले युवा पुस्तालाई आकर्षित गर्ने कम्पनीले जनाएको छ । यसअघि नै बजाजले एन सिरिजमा एन २५० र १६० बजारमा लन्च गरिसकेको छ ।
गोल्छा ग्रुपका डिरेक्टर अभिमन्यु गोल्छाले नेपालमा लन्च भएदेखि नै पल्सरले मोटरसाइकल क्षेत्रमा नयाँँ मापदण्ड सेट गर्दै आइएको बताए । ७० भन्दा बढी देशमा पल्सर विश्वव्यापी रुपमै सर्वाधिक रुचाइएको ब्रान्ड बन्न सफल भएको छ । फेरि पनि यही सिलसिलालाई कायम राख्दै पल्सर एन १५० लन्च गरेर नेपालमा अर्को उपहार ल्याएका उनी बताउँछन् ।
पल्सर एन १५० मा रहेको आकर्षक फिचर भनको ब्लुटुथ कनेक्टिभिटी सहितको कल तथा एसएमएस अलर्ट हो । साथमा युएसबी चार्जिङ पोर्ट पनि यो मोटरसाइकलमा उपलब्ध छ । त्यसैगरी यसको फ्युल इन्जेक्सन सिस्टम र बिएस ६ ले यो बाइकलाई झनै इफिसियन्ट बनाउने कम्पनीले जनाएको छ ।
पल्सर एन १५० एरोडायनामिक थ्रीडी फ्रन्ट सहितको स्लीक डिजाइनको उपलब्ध हुनेछ । यसको मस्कुलर डायनामिक ट्याङ्की, पातलो वेस्ट भाग र सिङ्गल फ्याट सिटले यसको लुकलाई आकर्षक बनाएको छ । शक्तिशाली र स्मूथ १४९.६८ सीसी इन्जिन भएको पल्सर एन १५० ले १४.५ पीएस पावर र १३.५ एनएम टर्क उत्पन्न गर्छ । ४८ किमीको माइलेज दिने कम्पनीले जनाएको छ ।
पल्सर एन १५० मा एलइडी प्रोजेक्टर टेलल्याम्प र १७ इन्चको ट्युबलेस अलोय ह्वील पनि राखिएको छ । सुरक्षालाई बलियो बनाउन यसमा सिङ्गल च्यानल एबिएस समावेश गरिएको छ । बजाज एन १५० मा डिजिटल स्पीडोमिटर, ट्याकोमिटर, ट्रिप मिटर र ओडोमिटर सहित धेरै एड्भान्सड फिचरहरू छन् ।
युएसबी चार्जिङसहित घडी र डिस्ट्यान्स्स–टु–एम्प्टी इन्डीकेटकर, बाइकमा “क्याट” नोटीफिकेसन र हाइड कनेक्ट एप पनि उपलब्ध हुने बताइएको छ । बाइकमा सिंगल ट्युब्युलर ह्यान्डल र प्यासेन्जर फुटरेस्टको सुविधा छ । १४५ केजीको कर्ब वेट भएको पल्सर एन १५० चलाउन आरामदायी हुनेछ ।
यसमा रहेको १४ लिटरको फिउल ट्याङ्कीले बारम्बार पेट्रोल भर्नुपर्ने समस्याबाट छुटकरा दिनेछ । बाइकको ब्रेकिङ सिस्टममा २६० एमएम फ्रन्ट डिस्क ब्रेक र १३० एमएम रियर ड्रम ब्रेक समावेश रहेको छ । नेपाली बजारमा पल्सर एन १५० को मुल्य रु.३ लाख ५९ हजार ९०० रहेको छ ।






Comments are closed.