विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामाग्री हस्तान्तरण

तनहुँ (शुक्लागण्डकी) । चण्डी देउराली क्लब शुक्लागण्डकी नगरपालिका वडा नं १ चण्डी मैदानले जनकल्याण प्राथमिक विद्यालयमा पोशाक तथा शैक्षिक समाग्री सहयोग गरेको छ ।

क्लबले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीको शैक्षिक स्तर अभिबृद्धि गराउने उद्देश्यले करिब २५ हजार रुपैयाँ बराबरको विद्यालय पोशाक तथा शैक्षिक समाग्री सहयोग गरेको हो । क्लबका अध्यक्ष सुमबहादुर रानाले विद्यार्थीलाई विद्यालय पोशाक तथा शैक्षिक समाग्री हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा क्लबका सदस्यहरू विशाल आले, विष्णु आले, पवन आले, मनिष राना, अर्जुन राना, सिम्ले टोल विकास संस्थाका अध्यक्ष पदमराज वाग्ले, स्थानीय समाजसेवीका साथै विद्यालयका शिक्षक बुद्धिमाया राना लगायत सहभागी थिए ।

चण्डी देउराली क्लब विभिन्न सामाजिक गतिविधिमा क्रियाशिल हुँदै आएको छ । क्लबका अध्यक्ष सुमबहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत शिक्षक शारदा पौडेल (खनाल) ले र सञ्चालन प्रधानाध्यापक मदबहादुर कुँवरले गरेका हुन् ।

 

You might also like

Comments are closed.