क्लीन एण्ड ग्रीन स्पोर्टस् अभियानको शुभारम्भ

काठमाडौं । नेपाल अटोमोबाईल्स एसोसिएसन (नासा नेपाल) ले क्लीन एण्ड ग्रीन स्पोर्टस् अभियान शुरु गरेको छ । SAY NO TO DOPING को व्यानरमा काठमाडौंमा घोषणा गरिएको सो कार्यक्रम नेपाली खेल संघले सम्भावत विशेष प्रकृतिको हो ।

क्लीन ग्रीन फेयर इथिक्स र डिसीप्लिन तथा एन्टी डोपीङ्ग जस्ता विषयलाई समेटी अन्तर्राष्ट्रिय महासंघहरु एफआईए र एफआईएमको विश्वव्यापी अभियानमा जोडिदै संघले सो कार्यक्रम शुरु गरेको हो ।

रिजनल एण्टी डोपीङ्ग अर्गनाइजेसन राडोका प्रतिनिधी तथा अर्थोपेडिक सर्जन डा ज्ञानेन्द विक्रम शाहले संघको पदाधिकारी र खेलाडी समेतको अन्तक्र्रियामा एण्टी डोपीङ्ग र फेयर प्ले सम्बन्धी प्रस्तुती दिदै नासा नेपालको सो अभियानको शुभारम्भ गरेका हुन् ।

संघका इथिक्स एण्ड डिसीप्लीनरी कमीसनका संयोजक अनिलकुमार बरालले ग्रीन र क्लीन स्पोर्टस र मोटर स्पोट्सको बारेमा प्रकाश पारे । अन्तर्राष्ट्रिय अटोमोबाइल फेडेरेसन एफआईए काउन्सिल मेम्वर गोविन्द भट्टराईले एफआईए Race True तथा FIA एक्सन फर इन्भाईरोमेन्ट तथा एफआईएमको अनलाईन कोर्ष बारेमा जानकारी दिए ।

कार्यक्रममा एण्टी डोपीङ्गको अवस्था, सुधार र प्रकियाहरु, राष्ट्रिय संघको भूमिका जस्ता विषयमा सहभागीले आ– आफ्ना धारणा राखेका थिए । मुख्यवक्ता डा शाहले थप प्रस्ट बनाउदै शुरु गरिने अभियानमा सदैव आफू समेत हुने प्रतिवद्धता जनाए । छलफल पश्चात् एण्टी डोपीङ्ग फेयर प्ले, ग्रीन एण्ड क्लीन स्पोर्टस इथिक्स एण्ड डिसिप्लीन गरी ५ वटा क्षेत्रमा संस्थागत, नितिगत र कार्यक्रम अभियान सञ्चालन गर्ने प्रस्ताव पारित समेत गरिएको छ ।

तालिम सामाग्री निर्माण, प्रशिक्षक तयार, अनलाईन कोर्षको डिजाईन, खेलस्थलको डिजाईन, कोड अफ कण्डक्ट निर्माण तथा मिडीया र सामाजिक संजालको सदुपयोग, सेल्फ कमिट्मेन्ट जस्ता कार्यहरु यही महिनादेखी नियमित सञ्चालन हुने बताइएको छ । यसको समन्वय संघको कमिसनले संयुक्त रुपमा गर्नेछन् ।

कार्यक्रममा संघका सह– कोषाध्यक्ष कमला क्षेत्री, ट्रेनिड तथा मार्सल कमिसनका संयोजक यदुराज लामिछाने, एथलेट कमिसनका संयोजक कृष्ण पौड्याल लगायतका खेलाडी, प्राविधिक तथा अफिसियलको सहभागीता रहेको थियो ।

You might also like

Comments are closed.