पोखरामा टिभिएस मनसुन एक्स्चेन्ज क्याम्प जारी, ग्राहकले नगद छुटसहित विविध लाभ लिन सक्ने

पोखरा । टिभिएस शोरुम पोखरा नयाँबजारमा ‘मनसुन एक्स्चेन्ज अफर’ क्याम्प जारी छ । असार ११ गतेदेखि सुरु भएको अफर आउँदो १६ गतेसम्म नयाँबजारस्थित शोरुममा चल्ने आधिकारिक बिक्रेता स्क्वायर्स मोटर्स प्रालिले जनाएको छ ।

अफर अन्तर्गत टिभिएस खरिद गर्दा ग्राहकले नगद छुट लगायत विविध लाभ लिन सक्नेछन् । ६ हजार रुपैयाँ स्योर सट नगद छुट हुनेछ । एक्स्चेन्जमा पुरानो मोटरसाइकल तथा स्कुटरको मूल्यमा थप ६ हजार रुपैयाँमा मूल्याङ्कन गरिनेछ । मासिक किस्ता ३ हजार ९ सय ९९ रुपैयाँ मात्रै तिर्ने गरी अफर अन्तर्गत टिभिएस खरिद गर्न सकिनेछ ।

हेल्मेट, ब्याग कभर, ब्याग लगायत आकर्षक उपहारको व्यवस्था पनि गरिएको कम्पनीले जनाएको छ । ‘अफर अवधिभर टिभिएस खरिद गरी विशेष छुटको लाभ लिन सकिने प्रालिका अध्यक्ष आदर्शमान श्रेष्ठ बताउँछन् ।

You might also like

Comments are closed.

Secret Link