विद्युतीय गाडी हुन्डाईको ‘कोना’ शून्य प्रतिशत ब्याजदरमा खरिदको अवसर

काठमाडौँं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो विद्युतीय गाडी कोनाको खरिदमा शून्य प्रतिशत ब्याजदर योजना सार्वजनिक गरेको छ । हुन्डाईले कोनामा शून्य उत्सर्जन, शून्य ब्याज योजना ग्राहकमाझ सार्वजनिक गरेको छ ।

दिगोपन र पर्यावरणमैत्री भविष्यलाई प्रवद्र्धन गर्ने आफ्नो प्रतिबद्धता थप मजबूत गर्न यस योजना अन्तर्गत इच्छुक ग्राहकले शून्य प्रतिशत ब्याजदरमा ५ बर्षको लागि ५० प्रतिशत डाउनपेमेन्ट गरी हुन्डाई कोना खरिद गर्न सक्नेछन् । आफ्नो उत्कृष्ट डिजाइन, पर्फोरमंस र विश्वसनीयताका साथ हुन्डाईले प्रतिस्पर्धी विद्युतीय सवारीको बजारमा छुट्टै पहिचान बनाउन सफल भएको छ । हुन्डाई कोना २ वटा भेरियन्टमा उपलप्ध छ । कोना जिएलको मूल्य रु. ५९ लाख ९६ हजार र जिएलएस भेरियन्टको मूल्य रु. ६४ लाख ९६ हजार रहेको छ ।

हुन्डाई कोनामा मल्टी स्टेज हाइभोल्टेज सेफ्टी सिस्टमयुक्त ३९.२ किलोवाट आवरको लिथियम आयोन पोलिमर व्याट्री रहेको छ, जसकाकारण यसमा हाइ इनर्जी डेन्सीटी रहन गई रेन्जसमेत बढ्ने छ । कोना इलेक्ट्रीकलाई एक पटकको सिंगल चार्जमा ३०५ किलोमिटरसम्म गुडाउन सकिने छ । हुन्डाई कोनामा नयाँ डिजाइनको ग्रिल, डे टाइम रनिङ लाइट तथा ठूलो साइजको टेललाइट पाउन सकिन्छ । यसलाई एक सय किलोवाट डीसी फास्ट चार्जरले ५४ मिनेटमा ८० प्रतिशत ब्याट्री चार्ज गर्नेछ ।

नेपालमा हुन्डाईका गाडी लक्ष्मी इन्टरकन्टिनेन्टलले बिक्री वितरण गर्दै आईरहेको छ । विद्युतीय गाडीलाई लक्षित गर्दै विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको कम्पनीले विभिन्न चरणमा आयोजना गरेको उच्च भोल्टेज ब्याट्री जाँच शिविरमा ५०० भन्दा बढी विद्युतीय सवारी साधनमा परीक्षणको नतिजा अनुसार ५ वर्षसम्म चलाइएका कोनाका ब्याट्रीको शक्ति ९८ प्रतिशत भन्दा बढी पाइएको थियो ।

विश्वव्यापी रूपमा निकै रुचाइएको कोना नेपाली बजारमा पनि धेरै रुचाइएको विद्युतीय गाडी हो । हुन्डाई कोनाले नेपालमा विद्युतीय गाडीप्रतिको सोच, क्षमता, यसको उपयोगितालाई नयाँ परिभाषा मात्र दिएको छैन, यसले स्थापना गरेको विद्युतीय गाडीप्रतिको विश्वास, आफ्नो सर्वाधिक रि– सेल भ्यालुबाट दोस्रो बजारमा समेत आफ्नो पहिचान मजबुत बनाएको छ । विश्वसनीयताप्रतिको प्रतिबद्धता हुण्डाईको आधारशिला हो ।

कोना इलेक्ट्रिक एउटा उदहारण हो, जसले यो कुरालाई परिभाषित गर्दछ । यिनै कारणले हुन्डाई कोनाले नेपाली अटो बजारमा आफ्नो साखलाई अझै मजबूत बनाउनुका साथै स्वच्छ वातावरण र पर्यावरणमैत्री साधन खोज्ने ग्राहकको पहिलो रोजाई बन्न सफल रहेको छ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभर १६ शोरुम तथा १९ सर्भिस सेन्टरमार्फत ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । साथै ईभी चार्जिङ गर्नका लागि ४४+ भन्दा बढी स्थानमा चार्जिङ पोइन्ट स्थापना गरी सेवा दिदै आएको छ ।

You might also like

Comments are closed.

Secret Link