सुन तोलामा रु १६ सयले बढ्यो

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु १६ सयले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन बुधबार प्रतितोला रु एक लाख ४२ हजार ७ सयमा कारोबार भएकोमा आजका लागि भने रु एक लाख ४४ हजार ३ सय निर्धारण भएको छ ।

यसैगरी, तेजाबी सुन बुधबार प्रतितोला रु एक लाख ४२ हजारमा कारोबार भएकामा सोही परिमाणको तेजाबी सुन आजका लागि रु एक लाख ४३ हजार ६ सय तोकिएको छ ।

चाँदीको मूल्य तोलामा रु ४० ले बढेको छ । बुधबार प्रतितोला रु १८ सय २५ मा कारोबार भएको चाँदीको मोल आजका लागि भने रु १८ सय ६५ निर्धारण भएको छ । रासस

You might also like

Comments are closed.

Secret Link