नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक ४ दशमलव ६२ अङ्कले घटेर २ हजार १३६ दशमलव ३५ को अङ्कमा कायम भएको हो ।

आज ३२४ कम्पनीको १ करोड ४ लाख ७५ हजार १८१ कित्ता शेयर ५९ हजार ९७४ पटक खरिदबिक्री हुँदा रु ४ अर्ब ५६ करोड ९८ लाख ३६ हजार १०६ बराबरको कारोबार भएको छ । वित्त समूह ० दशमलव २६, लघुवित्त ० दशमलव ९२ र म्युचुअल फण्ड ० दशमलव ४६ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।

jutta mela

आज बैंकिङ ० दशमलव १८, विकास बैंक ० दशमलव ३६, होटल तथा पर्यटन ० दशमलव ९५ र जलविद्युत् समूह ० दशमलव ३९ प्रतिशतले घटेको छ । लगानी ० दशमलव २९, जीवन बीमा ० दशमलव ६२, उत्पादन तथा प्रशोधन ० दशमलव १५, निर्जीवन बीमा ० दशमलव ३३, व्यापार ० दशमलव ८२ र अन्य समूह ० दशमलव ५४ प्रतिशतले घटेको छ ।

समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै ९ दशमलव ६८ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडको शेयर मूल्य ८ दशमलव ३९ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको रु २८ करोड ७० लाख ८० हजार ९३५ बराबरको तीन लाख ९० हजार २०५ कित्ता शेयर किनबेच भएको छ । रासस

You might also like

Comments are closed.