कन्चन हरैया लायन्स आँखा हस्पिटललाई कामना सेवा विकास बैंकको पानी डिस्पेन्सर सहयोग

काठमाडौं । कामना सेवा विकास बैंकले कन्चन हरैया लायन्स आँखा हस्पिटललाई पानी डिस्पेन्सर हस्तान्तरण गरेको छ ।

आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकका गरगरे शाखा प्रमुख बाबुराम रेग्मीले हस्पिटलका निवर्तमान अध्यक्ष गणेश आचार्यलाई पानी डिस्पेन्सर हस्तान्तरण गरे । आचार्यले पानी डिस्पेन्सर अति आधारभुत आवश्यकता रहेको र हस्पिटलमा आउने बिरामीले प्रत्यक्ष सेवा लिन पाउने बताए ।

प्रमुख अतिथि कन्चन गाँउपालिकाको अध्यक्ष नवराज ढकालले बैंकले गरेको सहयोगप्रति धन्यवाद दिदै पानी डिस्पेन्सरले हस्पिटलमा उपचारका लागि आउने बिरामीलाई ठूलो राहत पुग्ने बताउँछन् । कार्यक्रममा बैंकका कर्मचारी तथा अस्पतालसँग आबद्ध व्यक्ति लगायत सहभागी थिए ।

You might also like

Comments are closed.