सिटिजन्स बैंकको ८.९९५ घर कर्जा योजना सार्वजनिक

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ८.९९५ घर कर्जा योजना सार्वजनिक गरेको छ । ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्ने क्रममा नयाँ आर्थिक वर्ष २०८१/८२ को शुरुवातसँगै सो योजना ल्याएको हो ।

सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार भन्ने उदघोषका साथ ७ वर्षको लागि स्थिर रहने गरी ८.९९ प्रतिशत प्रतिबर्ष घर कर्जा योजना आज सार्वजनिक गरेको बंैकले जनाएको छ । यो योजना अन्तर्गत कायम रहेको व्याजदर ७ बर्ष सम्म स्थिर रहनेछ ।

७ वर्ष पछि भने बैंकको प्रचलित औसत मासिक आधार दरमा १५ प्रिमियम दर थप गरी ब्याजदर कायम गरिने बैंकका प्रमुख कर्जा अधिकृत सुमन मुलेपतिले जानकारी दिए । यस आकर्षक योजनामा सहभागी हुनको लागी नजिकको आफ्नो पायक पर्ने सिटिजन्स बैंकको कुनैपनि शाखा कार्यालयमा पुगेर सुविधा उपभोग गर्न सकिने बताइएको छ ।

यस घर कर्जा सुविधा उपभोग गर्ने ग्राहकलाई निःशुल्क क्रेडिट कार्ड, डेविट कार्ड र पहिलो वर्षको लागि लकर सुविधा शुल्कमा ५० प्रतिशत शर्तसहितको छुट रहेको छ । बैंकले सुशासन र प्रुडेन्ट बैंकिङमा विशेष महत्त्व दिदै आएको छ । बैंकले कर्मचारीको वृद्धि विकासका लागि सातवटै प्रदेशमा रहेको बैंकको आफ्नै भवनमा लर्निङ्ग सेन्टर आरम्भ गरेर काम गरिरहेको छ ।

सिटिजन्स बैंकले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६० वटा ए.टि.एम., ३ विस्तार काउन्टर र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाइबाट करिव १८ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

 

 

 

You might also like

Comments are closed.