आन्तरिक राजस्व कार्यालय पोखराको राजस्व संकलनमा ७ प्रतिशतले वृद्धि

पोखरा । आन्तरिक राजस्व कार्यालय पोखराको राजस्व संकलनमा बृद्धि भएको छ । कार्यालय आर्थिक वर्ष २०८०÷८१ मा ५ अर्ब ५७ करोड ५५ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

कार्यालयले लक्ष्यको नजिक राजस्व संकलन गर्न सफल भएको छ । वार्षिक लक्ष्य ६ अर्ब घढ करोड ४७ लाख रहेकोमा कार्यालयले लक्ष्यको ८७ दशमल ज्ञढ प्रतिशत राजस्व संकलन गर्न सफल भएको छ ।

कार्यालयको अघिल्लो वर्षको तुलनामा ७ प्रतिशतले राजस्व संकलनमा वृद्धि गर्नसमेत सफल भएको छ । आर्थिक वर्ष २०७९÷८० को भन्दा ३४ करोड ९५ लाख रुपैयाँ बढी राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।

आन्तरिक राजस्व कार्यालय पोखराले आर्थिक वर्ष २०८०÷८१ मा आयकरतर्फ ३ अर्ब ६६ करोड ८७ लाख, मूल्य अभिवृद्धि करतर्फ १ अर्ब ७३ करोड ३६ लाख र अन्तः शुल्कतर्फ १६ करोड ६७ लाख राजस्व संकलन गरेको छ । आर्थिक मन्दी लगायतको समस्यामा भोग्नु परिरहेको अवस्थामा पनि कार्यालयबाट उत्साहजनक राजस्व संकलन भएको प्रमुख कर अधिकृत शिव शर्माले बताए । ‘पर्यटन लगायतका क्षेत्रको व्यवसायमा केही सुधार आएकाले पनि राजस्व संंकलन बढेको देखिन्छ,’ उनले भने । कार्यालयले बक्यौता रकम उठाउनमा पनि जोड दिएको शर्माले बताए ।

कार्यालय अन्तर्गत व्यावसायिक पान लिएका करदाताको संख्या ६० हजार भन्दा बढी छ । भ्याटमा १४ हजार भन्दा बढी व्यवसायी दर्ता छन् । धेरै साना व्यवसायी भएपनि संख्या धेरै हुँदासमेत राजस्वमा योगदान पुगेको कार्यालयले जनाएको छ ।

You might also like

Comments are closed.