मिस युनिभर्स नेपाल २०२४ को आधिकारिक बैंकिङ पार्टनरमा ग्लोबल आईएमई बैंक

काठमाडौं । मिस युनिभर्स नेपाल २०२४ को आधिकारिक बैंकिङ पार्टनरमा ग्लोबल आईएमई बैंक भित्रिएको छ । नेपालमा २०२० देखि शुरु भएको मिस युनिभर्स विश्वकै प्रतिष्ठित सौन्दर्य प्रतियोगिता हो । यस वर्षको मिस युनिभर्स नेपाल २०२४ को आवेदन छनोट प्रक्रिया शुरु भइसकेको छ भने ग्रान्ड फिनाले भाद्रको दोस्रो हप्तातिर हुने भएको छ । अडिसनमा नेपाली र एनआरएनको उत्साहजनक सहभागिता रहेको आयोजक ग्लोबल ग्लामर भेन्चरले बताएको छ ।

कार्यक्रमको आयोजक ग्लोबल ग्ल्यामर भेन्चरले यस वर्ष ट्रान्सजेन्डर, विवाहित, गैरआवासीय महिलाहरू र डाक्टर, इन्जिनियर, पाइलट लगायत विभिन्न पृष्ठभूमिका व्यक्तिको उत्साहजनक र समावेशी सहभागिता भएको जनाएको छ । प्रारम्भिक चरणको आवेदन छनौट प्रक्रियामा ६० जनालाई फिजिकल अडिसनको लागि शर्टलिस्ट गरिएको र त्यसबाट ३५ जनालाई प्रशिक्षण दिइने आयोजकले जनाएको छ ।

मिस युनिभर्स नेपालको नेसनल डिरेक्टर सङ्गिता पुरीले यस सहकार्यले विविधतालाई प्रवद्र्घन गर्ने हाम्रो प्रतिबद्धतालाई थप जोड मिलेको र यो साझेदारी प्रायोजन मात्र नभएर महिला सशक्तिकरणमा समर्पित दुई संस्थाको सहकार्य बताइन् । बैंकका प्रमुख मार्केटिङ अफिसर दिलिप पोखरेलले मिस युनिभर्स नेपाल २०२४ सँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताएका छन् । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य नारी पहल, मेरी उनिलाई र छात्रालाई छात्रवृत्ति जस्ता कार्यक्रम गरेर महिलाको आर्थिक शैक्षिक लगायत समग्र सशक्तिकरणमा पहल गर्दै आइरहेको उनी बताउँछन् ।

यो वर्ष प्रशिक्षणको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षकहरु राखिएको आयोजकले जनाएको छ । प्रशिक्षणको लागि एलेक्जेन्डर गोन्जालेज र लुइस पोर्टेलिस रहेका छन् । एलेक्जेन्डर इन्टरन्यासनल इमेज कन्सल्टेन्ट र पेजेन्ट कोरियोग्राफर हुन् भने लुइस पेजेन्ट एनालिस्ट हुन् ।

You might also like

Comments are closed.