लायन्स स्थापनाको शतवार्षिकी समारोह पोखरामा, राष्ट्रिय व्यक्तित्व सय जनालाई रथारोहणसहित सम्मान गरिँदै (सम्मानितहरुको विवरणसहित)

सुरेन्द्र पौडेल
पोखरा, १९ फागुन । ‘हाम्रो गौरव राष्ट्रिय सान, १०० वर्षमा १०० जना सम्मान’ नाराका साथ राज्यका विभिन्न क्षेत्रमा विशेष योगदान पु¥याउने एक सय जना व्यक्तिहरुलाई पोखरामा नागरिक अभिनन्दन तथा रथारोहण सहित विशेष सम्मान गरिने भएको छ । लायन्स अन्तर्राष्ट्रिय स्थापनाको सय वर्षको अवसरमा आयोजित विशेष कार्यक्रमबीच फागुन २६ गते एक सय जनालाई सम्मान कार्यक्रम आयोजना गरिएको शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

लायन्स स्थापनाको शतवार्षिकी कार्यक्रम मनाउने क्रममा पोखरामा राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको आयोजक लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका डिष्ट्रिक्ट गभर्नर धनराज आचार्यले जानकारी दिए । ‘लायन्स अन्तर्राष्ट्रिय स्थापनाको सय वर्ष पुरा गरेको सन्दर्भमा हामीले विशेष कार्यक्रम आयोजना गरेका छौं,’ उनले भने, ‘जात, धर्म, वर्ण, लिङ्ग तथा राजनीतिभन्दा माथि उठेर विशुद्ध सामाजिक सेवामा एक छुट्टै पहिचानका बनाई लायन्स अगाडि बढिरहेको सन्दर्भमा यस वर्ष आफ्नो स्थापनाको शताब्दीऔ वर्ष मनाइरहेका छौं ।’

समाजमा विशेष्ट योगदान पु¥याएका एक सय जना व्यक्तित्वहरुलाई शतवार्षिकी समारोहबीच नागरिक अभिनन्दन तथा रथारोहण समेत गराउने कार्यक्रममा देशभरबाट २५ हजार भन्दा बढीको उपस्थिति रहने आचार्यले बताए । ‘व्यक्तिगत लाभभन्दा माथि उठेर राज्य एवं समाजमा विशेष योगदान पु¥याएका मेचीदेखि महाकालीसम्मका छनौटमा परेका एक सय जनालाई सम्मान गर्नेछौं,’ उनले भने, ‘प्रतिष्ठित एवं सम्मानित व्यक्तित्वहरुलाई पोखरा सभागृहबाट रथमा चढाई नगर परिक्रमा गराई पोखरा प्रदर्शनी केन्द्रमा बसी एक भव्य समारोहका बीच नागरिक अभिनन्दन गर्नेछौं ।’ ३३ वटा रथमा सम्मानित व्यक्तिहरुलाई नगर परिक्रमा गराइने बताइएको छ ।

आजभन्दा सय वर्ष अगाडि प्रथम विश्वयूद्धबाट क्षतविक्षत भएको तत्कालीन समाजमा मानवीय सेवा, मानिसहरु बिच दुःखमा समवेदना प्रकट गर्न तथा घाउमा मलमपट्टी लगाउने उद्देश्यसहित लायन्सको स्थापना भएको आचार्यले बताए । ‘लायन्स क्लब्स अन्तर्राष्ट्रिय आजसम्म आइपुग्दा संसारकै सबैभन्दा ठूलो मानवीय सेवा गर्ने सामाजिक संस्थाका रुपमा स्थापित भएको छ,’ आचार्यले भने, ‘हाल संसारका २११ देशमा शिक्षा, स्वास्थ्य र वातावरण एवं पर्यावरण संरक्षणमा विशेष योगदान पु¥याउँदै आएको लायन्स नेपालमा बिगत ४७ वर्षदेखि विभिन्न सामाजिक क्रियाकलापहरुमा सक्रिय रुपमा क्रियाशील छ ।’ नेपालका पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइराला संस्थापक अध्यक्ष रहेको यस संस्थाले अन्धोपन निवारण, स्वास्थ्य जनचेतना, आँखा अस्पताल एवं शिक्षण संस्थाहरुको विकास र बिस्तारमा उल्लेखनीय योगदान पु¥याएको आचार्यले बताए । शतवार्षिकी कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको डिष्ट्रिक्टका क्याबिनेट सेक्रेटरी चण्डीप्रसाद अर्यालले जानकारी दिए ।

लायन्स अन्तर्राष्ट्रिय स्थापनाको सय वर्षमा गभर्नर बनेका आचार्यले विभिन्न सय वटा कार्यक्रमहरु सार्वजनिक गरेका थिए । सय वटा कार्यक्रममध्ये शतवार्षिकीको मुख्य कार्यक्रम सय जना व्यक्तिहरुलाई सम्मान तथा रथारोहण रहेको उनले बताए । नेपालमा लायन्सलाई फरक धारबाट ब्राण्डिङ गर्ने लक्ष्यसहित आचार्यकै अगुवाईमा ‘पढाऔं अभियान’ कार्यक्रम अगाडि बढिरहेको छ । उक्त अभियानका लागि ५ करोड ५० लाख रुपैयाँ भन्दा बढीको प्रतिबद्धता आइसकेको आचार्यले बताए ।

सम्मानित सय जनाको विस्तृत विवरण

You might also like
2 Comments
  1. Harish Chandra Sharma says

    Great work of Lions Club, with appreciate congratulations 💐

  2. खोमकान्त says

    Good works

Comments are closed.