काठमाडौं । एन आई सी एशिया बैंक २७ वर्षमा प्रवेश गरेको छ । अहिलेसम्म देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्दै २७ औँ वर्षमा आइपुग्न सफल भएको छ ।
“बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि” भन्ने नारालाई नेपालीमाझ साकार पारेको छ । २७ औँ वर्ष प्रवेशको सुखद क्षणमा ग्राहक, नियामक निकाय, शेयरधन, कर्मचारी लगायत सरोकारवाला सबैलाई बैंकले धन्यवाद दिएको छ । आगामी दिनमा अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभव सहितको बैंकिङ सेवा एवम् सुविधा प्रदान गर्दै सबै सरोकारवालाको पहिलो रोजाईको बैंक बन्ने अठोट बैंकले लिएको छ ।
डिजिटल फष्ट बैंक बन्ने अभिप्रायले अग्रसर भइरहेकोमा आफ्नो भौतिक उपस्थितिलाई समेत दरिलो बनाउँदै स्थापनाकालदेखि हालसम्म आइपुग्दा मुलुकभर ३६० शाखा कार्यालय, ६७० एटिएम, ११८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखारहित शाखा सञ्जालबाट लाखौं ग्राहकमाझ गतिशील बैंकिङ पार्टनरको रुपमा जोडिएको छ ।
देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन सफल बनेको छ । साथै, वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाको उपस्थिति न्यून रहेका दुर्गम जिल्ला, कुनैपनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायमा शाखा विस्तार गरी निर्वाध रुपमा बैंकिङ सेवा देशको कुना–कुनामा पु¥याइरहेको छ ।
यस बैंकले देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पु¥याउन उत्तरदायी बंैकिङको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू. २६ अर्ब ५९ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको छ । गत अर्थिक वर्ष २०८०÷८१ मा मात्रै रू.२ अर्ब ८९ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र देशको आर्थिक विकासमा एक असल साझेदारको रुपमा स्थापित हुन समेत सफल बनेको छ ।
Comments are closed.