ग्लोबल आइएमई बैंकको सिइओमा सुरेन्द्रराज रेग्मी नियुक्त

काठमाडौं । बैंकर सुरेन्द्रराज रेग्मी ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त भएका छन् । बैंकमा हाल सिनियर डेपुटी सिइओको जिम्मेवारीमा रहेका रेग्मीलाई सञ्चालक समितिले सिइओमा नियुक्त गरेको हो ।

बैंक संचालक समितिको बिहीबार बसेको बैठकले रेग्मीलाई नियुक्त गर्ने निर्णय गरेको हो । हालका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यको कार्यकाल यही महिना सकिनेछ भने नवनियुक्त सिइओ रेग्मीले भदौ १ गतेबाट आफ्नो जिम्मेवारी सम्हाल्नेछन् ।

रेग्मीसँग ३ दशक भन्दा बढी बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ । उनलाई सिइओ बनाउने गरी गत वर्ष सञ्चालक समितिले बढुवा गर्दै सिनियर डेपुटी सिइओ बनाएको थियो । नवनियुक्त सिइओ रेग्मीको कार्यकालमा बैंकले अझै राम्रो वित्तीय प्रगति गर्ने सञ्चालक समितिले विश्वास लिएको छ ।

You might also like

Comments are closed.