बकैया नदीमा ८ पुल निर्माण गरिँदै

बकैया (मकवानपुर) । काठमाडौं–तराई÷मधेस द्रूतमार्ग (फास्ट ट्र्याक) सडक आयोजनाअन्तर्गत मकवानपुरदेखि बारासम्म बकैया नदीमा आठ वटा पुल निर्माण हुँदैछ ।

दुई वटा पुल प्याकेज ३ अन्तर्गत निर्माण भइरहेका छन् । हाल ८ वटै पुल निर्माण भइरहेका छन् । निर्माणाधीन सबै पुल आगामी २ वर्षमा सम्पन्न हुने आयोजनाले जनाएको छ । ललितपुरको खोकनाबाट बाराको निजगढसम्मको द्रुतमार्ग ७० दशमवल ९७७ किलोमिटर लामो छ ।

सडकमा विभिन्न स्थानमा १२ दशमलव ८८५ किमी लम्बाइका ८९ पुल निर्माण हुनेछन् । द्रूतमार्ग विसं २०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य छ । आयोजनालाई १३ प्योकजमा विभाजन गरी निर्माण गरिएको छ ।

आयोजनाअन्तर्गत विभिन्न स्थानमा निर्माण हुने ८९ मध्ये ८५ पुल ठेक्का व्यवस्थापन भई कार्यान्वयनका चरणमा छन् । बाँकी ४ पुल खोकना क्षेत्रमा छन् । सो क्षेत्रमा जग्गा अधिग्रहणसम्बन्धी समस्याका कारण निर्माणमा ढिलाइ भइरहेको छ । रासस

You might also like

Comments are closed.

Secret Link