एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना

काठमाडौं । नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले हेलिकप्टर दुर्घटनामा परेको र थप जानकारी आइनसकेको जानकारी दिए ।

नुवाकोटका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाका अनुसार शिवपुरी गाउँपालिका–७ शिवपुरी जङ्गलको सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटना भएको हो ।

“स्थानीय र नजिकको प्रहरी चौकीबाट गएका सुरक्षाकर्मीले उद्धार तथा आगो निभाउने प्रयास गरिरहेका छन्”, उनले भने । रासस

You might also like

Comments are closed.

Secret Link